शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी खेलाडीलाई दूतावासको सम्मान

सोमबार, २३ मङ्सिर २०७६, १२ : ५९
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौँ । नेपालस्थित पाकिस्तानी राजदूतावासले दक्षिण एशियाली खेलकुदमा सहभागि पाकिस्तानी खेलाडीहरुलाई सम्मान गरेको छ । 

राजदूतावासले काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा खेल्न आएका खेलाडीहरुलाई रात्रिभोज आयोजना गरी सम्मान गरेको हो । 

दूतावासले खेलाडीहरुले राम्रो प्रतिस्पर्धा गरिरहेको र थप ऊर्जा दिन सम्मान गरिएको बताएको छ । १३ औं सागमा पाकिस्तानले अहिलेसम्म २९ स्वर्ण, ३४ रजत तथा ४७ कांस्य गरी कुल १ सय १० पदक प्राप्त गरेको छ । 

साग सकिन दुई दिन अघि राजदूतावासले आफूहरुलाई सम्मान गरेकाले थप ऊर्जा मिलेको खेलाडीहरुले बताएका छन् । 

नेपालका लागि पाकिस्तानी राजदूत मजहार जावेदले आफ्ना खेलाडीहरुले अपेक्षा अनुसार प्रदर्शन गरी पदक जितेको भन्दै प्रशंसा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप