बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

इनासको भिक्टोरिया राज्य समिति गठन

सोमबार, २३ मङ्सिर २०७६, १२ : ३२
सोमबार, २३ मङ्सिर २०७६

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा छरिएर रहेका नेपाली कलाकार, साहित्यकारहरुको भेलाले सर्बसम्मतबाट अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को भिक्टोरिया राज्य समितिको गठन गरेको छ ।

 इनासका ओसेनिया को-ओर्डीनेटर, साहित्यकार तथा पत्रकार सुशील चालिसेको सकृयतामा सम्पन्न उक्त भेलामा भिक्टोरियाका बिभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवीहरु, संचारकर्मी, शुभचिन्तक लगायत कलाकारितालाई माया गर्ने बिभिन्न विधाका कलाकारहरुको उपस्थिति रहेको थियो ।

भेलाले २०१९-२०२१ का लागि सर्बसम्मंत रुपमा गठित समितिमा गौतम लामिछाने (अध्यक्ष), पार्बती पहारी (उपाध्यक्ष), बिराज थापा (उपाध्यक्ष), उज्ज्वल अधिकारी (सचिव), अनु पाण्डे (कोषाध्यक्ष) र मनोज पौडेल (प्रबक्ता) चयन गरिएको छ भने सदस्यहरुमा अरुण चित्रकार, सुमन गुरुङ, लक्ष्मण सन्ज्याल, इश्वरी पौडेल र कुमार महर्जन रहेका छन् । ओसेनिया को-ओर्डीनेटर सुशील चालिसे संरक्षक रहेको उक्त कमिटीको अब बस्ने पहिलो बैठकले आवश्यकता अनुसार संरक्षक तथा सल्लाहकारहरुको चयन गर्ने जानकारी कमिटीका अध्यक्ष गौतम लामिछानेले बताएका छन् ।

उक्त कार्यक्रममा नबगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई  इनासका ओसेनिया को-ओर्डीनेटर चालिसेले शपथ ग्रहण गराएका थिए । चालिसेद्धारा सम्पूर्ण कार्य समितिका पधाधिकारीहरुलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना सहित प्रमाणपत्र वितरण गर्दै बिधिबत रुपमा ईनास भिक्टोरियाको कार्यभारको जिम्मेवारी सुम्पिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप