विद्युतको पोलमा कार ठोक्किदा ग्लोबल आईएमई बैङ्कका शाखा प्रमुखको मृत्यु
सोमबार, २३ मङ्सिर २०७६, १२ : २३
बुटवल । कपिलवस्तुमा आज बिहान कार दुर्घटना परि एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार जिल्लाको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ को बोडगाउँ नजिकै बा ८ च ६३९० नम्बरको कार दुर्घटना भएको हो ।
दुर्घटनामा कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुरका अन्दाजी २९ वर्षीय सुरेश पाण्डेको मृत्यु भएको छ ।
पाण्डे ग्लोबल आईएमई बैङ्क बनगाइका शाखा प्रमुख रहेको खुलेको छ । पाण्डेले सो कार आफै चलाएका थिए ।
घाइतेहरु मध्ये दुई जनाको बुटवलमा उपचार भैरहेको छ । अरुको चार नम्बरस्थित कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको कार अनियन्त्रित भएर सडक नजिकै रहेको विद्युतको पोलमा ठोक्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण