बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुष क्रिकेटमा नेपाललाई कास्य

सोमबार, २३ मङ्सिर २०७६, ११ : ५५
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको क्रिकेटमा नेपालले कास्य पदक जितेको छ ।

तेस्रो स्थानका लागि सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले माल्दिभ्सलाई निर्धारित २० ओभरमा ९४ रनमा समेटेको थियो । माल्दिभ्सले नौ विकेट गुमाएर ९४ रन बनाएको हो ।

९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले पााच विकेटको क्षतिमा १७ औं ओभरको पहिलो बलमा लक्ष्य हासिल गरेको हो ।

नेपालका लागि आरिफ शेखले ३२ रनको योगदान गरे । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए भने विनोद भण्डारीले १२ रन बनाए ।

यसअघि माल्दिभ्सका लागि लीम शफिगले सर्वाधिक १९ रन बनाएका थिए । यस्तै, मोहम्मद रिशवानले १७, मोहम्मद मोहफुजले १६ र उमर अदामले ११ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । उनले चार ओभरमा मात्र ६ रन खर्चदैँ तीन विकेट हात पारेका हुन् ।

यस्तै, सुशन भारीले दुई, पारश खड्काले एक विकेट लिए । माल्दिभ्सले रन आउटका रुपमा तीन विकेट गुमाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप