लक्ष्मीपुर पतारी गाउँपालिका भवनमा तोडफोड, प्रहरीद्वारा पाँच सेल अश्रुग्यास प्रहार
सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा व्यापक अनियमिता भएको भन्दै विरोधमा उत्रेका भीडले गाउँपालिकाको भवनमा तोडफोड गरेको छ । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गर्नुपरेको छ ।
गाउँपालिकाले बजेटमा गाउँपालिकाका अध्यक्ष र प्रशासकितय अधिक्रितले अनियमितता गरेको भन्दै हिसाव पारदर्शीताको माग गर्दै एक साताभन्दा बढी समयदेखि स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् ।
जुलुससहित गाउँपालिका भवन घेराउ गर्ने क्रममा प्रहरीले एक जनाको टाउको फुटाएपछि आफूहरु तोडफोडमा उत्रिएको आन्दोलनकारीहरुले बताएका छन् । यता प्रहरीले भने आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा भित्तामा लागेर फर्कदाँ तीनको टाउकोमा चोट लागेको दाबी गरेको छ ।
प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा दर्जनबढी आन्दोलनकारी घाइते भएका छन् भने केही प्रहरी पनि घाइते छन् ।
आन्दोलनकारीहरुले गाउँपालिकाको भवनको झ्याल, ढोका फुटाउनुको साथै कार्यालयभित्र रहेका पदाधिकारीमाथि आक्रमण गर्न खोज्दा स्थितिलाई नियन्त्रणमा लिन पाँच सेल अश्रुग्यास प्रहार गर्नुपरेको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीले जनाएको छ ।
आन्दोलनकारीले कार्यालय परिसमार रहेको दुईवटा सिसिटिभी क्यामेरा समेत फुटाइ दिएका छन् ।
६ वटा वडा रहेको लक्ष्मीपुर पतारी गाउँपालिकाकामा तीन वटा संघीय समाजवादी फोरम, दुई वडामा नेपाली काँग्रेस र एक वडामा नेकपाले जितेका छन् । जसमध्ये फोरमका तर्फबाट विजयी भएका वडा नम्बर १, २ र ३ का पदाधिकारी, गाउँपालिका प्रमुख र उपप्रमुखको उपस्थितिमा विशेष गाउँ सभा सम्पन्न भएको छ । गाउँसभामा वडा नं. ४, ५ र ६ का वडा अध्यक्ष सहितका पदाधिकारी उपस्थित थिएनन् ।
अनियमितताको विरुद्धमा नेपाली काँग्रेस र नेकपाबाट विजयी ३ वडाका वडा अध्यक्ष सहितका पदाधीकारी र पार्टी आन्दोलनमा छन् ।
वडा नं. ५ का वडा अध्यक्ष देवकुमार यादवले विशेष गाउँसभाको विषयमा हामीलाई औपचारीक जानकारी नभएको बताए । उनले गत असार २५ गते नै गाउँ सभासम्पन्न भइसककेकोले विशेष गाउँ सभाको कुनै औचित्य नै नरहेको जिकिर गरे । उनले भने, ‘हामीले २५ गते नै गाउँसभा सम्पन्न गरिसकेका छौँ । तर, गाउँपालिका प्रमुख रामबल्लव साहले बहुमतकोे दम्भ देखाउन मात्र विशेष गाउँसभा आयोजना गरेका हुन् ।’
वडाअध्यक्षले वडाका लागि छुट्याएको बजेट कार्यकर्ता पाल्ने ढङ्गले स–सानो टुक्रामा विभाजन गरेको आरोप उनीहरुले लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा पूर्वमन्त्री गुप्तामाथि आक्रमण प्रयास
-
एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैन : प्रधानमन्त्री ओली
-
जीवन-एक प्रवाह एक शृङ्खला सार्वजनिक
-
पर्यटनबाट समृद्धि सम्भव छ : महासचिव गुरुङ
-
राप्ती सोनारी रनको उपाधि आयुस र अनिशालाई
-
शिक्षक सरुवाको आक्रोशमा नगरपालिका र मेयरको घर तोडफोडमा संलग्न १० जना माथि मुद्दा, मुख्य योजनकार पक्राउ