शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानको दबंग थ्रीले रिलिज अघि नै कमायो १ सय ५५ करोड

सोमबार, २३ मङ्सिर २०७६, ०९ : ४४
सोमबार, २३ मङ्सिर २०७६

दबंग सिरिजको तेस्रो फिल्मले रिलिजअघि नै १ सय ५५ करोड कमाई सकेको छ । फिल्मले अमेजन प्राइमलाई अनलाइन स्ट्रिमिङ, टि सिरिजलाई सङ्गीत र जीलाई सेटलाइट राइट्स बेचेको छ । फिल्ममा सलमान खानबाहेक साइ मान्जरेकर, किच्चा सुदीप, सोनाक्षी सिन्हा मुख्य भूमिकामा छन् । प्रभुदेवाद्वारा निर्देशित ‘दबंग थ्री’ वर्षको अन्तिममा डिसेम्बर २० मा रिलिज हुँदैछ ।

फिल्मले आफ्नो डिजिटल राइट्स अमेजन प्राइम भिडियोलाई ६० करोड भारुमा बेचेको छ । यस्तै ८० करोड भारुमा सेटलाइट राइट्सको खरिदकर्ता जी नेटवर्क बन्यो । यसबाहेक टी सिरिजले १५ करोड भारुमा फिल्मको म्युजिक राइट्स खरिद गरेको छ ।

दबंगको तेस्रो सिरिज अन्य तीनभन्दा हिट हुने निर्माण पक्षले दाबी गरेको छ ।

फिल्मको प्रोडक्सन सलमान खान, अरबाज खान र निखिल द्विवेदीको ाहो । संङ्गीत साजिद वाजिदले तयार गरेका छन् भने कहानी सलमान आफैंले लेखेका छौं । फिल्म डिसेम्बर २० मा रिलिज हुँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप