बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी गायिकाले दिइन् पूर्व प्रेमीलाई हत्या गर्ने धम्की, डराएर पुगे पुलिसथाना

सोमबार, २३ मङ्सिर २०७६, ०९ : ०९
सोमबार, २३ मङ्सिर २०७६

गायिका केटी प्राइसका पूर्व प्रेमी चार्ल्स ड्ररी आफ्नी पूर्व प्रेमिका प्राइसबाट पाएको ज्यान मार्ने धम्कीपछि डराएका छन् । द सन डट को डट यूकेको रिपोर्ट अनुसार चार्ल्सले दिएको जानकारी अनुसार बिहिबार राती पुलिसले उनीसँग तीन घण्टा सोधपुछ गरेको र जब उनले केटीलाई फोन गरेर उनको घरबाट आफ्नो कपडा फिर्ता लैजान भने तब केटीले उनलाई धम्की दिएको बताइएको छ ।

चार्ल्सका साथीले भने, ‘चार्ल्सले केटी प्राइसलाई घरबाट आफ्नो कपडा फिर्ता लैजान सक्छिन् भनेर सोधे । त्यसपछि प्राइसले यदि उनी घरको वरिपरिमात्रै देखिए पनि उनलाई मारिदिने धम्की दिइन् । केटी यति धेरै आक्रोशित भएपछि उनी आफ्नो सुरक्षाका लागि चिन्तित छन् ।’

चार्ल्सका साथीका अनुसार चार्ल्सले त्यसपछि पुलिसको सहयोग लिने निर्णय गरेका छन् किनभने उनी कुनै खतरा मोल्न चाहँदैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप