शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२८ दिनको उपचारपछि घर फर्किइन् लता मंगेशकर

सोमबार, २३ मङ्सिर २०७६, ०८ : २६
सोमबार, २३ मङ्सिर २०७६

स्वरकी धनी लता मंगेशकर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनी आइतबार राति २८ दिनपछि अस्पतालबाट घर फर्किएकी हुन् । 

उनले आइतबार ट्विट गर्दै आफू अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी हुन् । उनी २८ दिनदेखि ब्रिच क्यान्डी अस्पतालमा निमोनियाको उपचार गराइरहेकी थिइन् । 

उनले ट्विटमा आफ्ना सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘नमस्कार, विगत २८ दिनदेखि म ब्रिच क्यान्डी अस्पतालमा थिए । मलाई निमोनिया भएको थियो । डाक्टरको सल्लाहअनुसार पूरै ठिक भएपछि मात्रै घर आएकी हुँ । भगवान् माई बाबाको आर्शिवाद र तपाईंहरुको माया र प्रार्थनाले म ठिक भए । सबैलाई हृदयदेखि नै धन्यवाद’

लता मंगेशकरको स्वास्थ्य अवस्थाको विषयमा अफवाह फैलिएको थियो । सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट उनको स्वास्थ्य स्थितीकोबारेमा चासो र चिन्ता व्यक्त गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप