बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदीको पत्र पढेर यी बालक किन रोए ? जो आमाबुबाको शव नजिकैबाट उद्धार गरिएका थिए

आइतबार, २२ मङ्सिर २०७६, २३ : ५४
आइतबार, २२ मङ्सिर २०७६

एजेन्सी । सन् २००८ को मुम्बई आतंकवादी हमलामा बाँच्न सफल एक इजरायली यहुदी बालक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर रोएका छन् । सो क्रुर हमलामा बालबाल बाँचेका बालक मोशे होल्ट्जबर्ग प्रधानमन्त्री मोदीको सन्देश पढेर निकै भावुक भएका हुन् ।

प्रधानमन्त्री मोदीले भने यी किशोरको जीवन कथालाई एक चमत्कारको रूपमा वर्णन गर्दै जुन कथा सबैका लागि प्रेरणादायक भएको दाबी गरेका छन् । प्रधानमन्त्री मोदीले एक बाल उपनयन समारोहमा यो सन्देशमुलक पत्र पठाएका थिए । जुन समारोह आइतबार आयोजना गरिएको थियो ।

प्रधानमन्त्री मोदीले पत्रमा लेखेका थिए, ‘यो महत्वपूर्ण परिवर्तनको क्षण हो र तपाईंको जीवनयात्रामा यो एउटा महत्त्वपूर्ण कोशेढुङ्गा हो। भारतीय जनताको प्रार्थनाले तपाईलाई लामो, स्वस्थ र सफल जीवनको आशिष प्राप्त भएको छ । तपाईंको जीवन कथाले सबैलाई प्रेरणा दिएको छ। यो एक चमत्कार हो र मलाई आशा छ, तपाई यस त्रासदीले गर्दा भएको अपूर्ण क्षतिबाट पुनःप्राप्ति हुनुहुनेछ।’

प्रधानमन्त्री मोदीको पत्रले बालक स्तब्ध बने   
यहुदी बालबालिकाहरु १३ वर्ष पुगेपछि ‘बार मित्सवा’ कार्यक्रमको आयोजना गर्ने गरिन्छ । केही यहूदी विद्वानहरूले यसलाई हिन्दुहरूको ‘उपनयन’ (यज्ञोपवीत संस्कार) सँग समेत तुलना गर्ने गरेका छन् । ग्रेगोरियन क्यालेन्डरका अनुसार मोशे २८ नोभेम्बरमा १३ वर्ष पुगेका थिए । सोही अवसरमा आयोजित उपनयन समारोहमा प्रधानमन्त्री मोदीले उनलाई सन्देशपत्र लेखेका थिए ।

उनका हजुरबुबा रब्बी शिमोन रोजेनबर्गले एक विशेष कुराकानीका क्रममा भने, ‘प्रधानमन्त्री मोदीको पत्रले मोशेको हृदय छोएको छ । भारतजस्तो ठूलो देशका नेताले पठाएको यस्तो भावनात्मक पत्रले मोशेलाई ठूलो बल दिनेछ।’ रब्बी आफ्नो सम्पूर्ण टिमका साथ कार्यक्रममा पुगेका भारतीय राजदूत देखेर धेरै खुसी समेत देखिन्थे ।

मोसेका आमाबुबा मुम्बई हमलामा मारिएका थिए 
२६ नोभेम्बर २००८ को मुम्बई हमलामा १६६ जना मानिस मारिएका थिए भने ३ सयभन्दा बढी मानिस घाइते भएका थिए । त्यसबेला पाकिस्तानबाट आएका लश्कर ए तोयबाको समूहले नरिमन हाउसलाई (चाबड हाउस) निशाना बनाएका थिए । जहाँ मोशेका अभिभावक रब्बी गाब्रिएल र रिव्का होल्त्जबर्ग लगायत ६ जना यहूदी मारिएका थिए । बालक मोशे सो भयानक घटनाका बेलामा आमा बुबाको लाशको नजिकै उभिएका थिए ।  उनलाई सैंड्रा सैमुएल्स नामकी आया (महिला)ले बचाएकी थिइन् । Photo: jagarn.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप