जलपरी गौरिकाको स्वर्णमा ह्याट्रिक
काठमाडौं । नेपालकी जलपरी गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तीनवटा स्वर्ण जित्दै नयाँ किर्तिमान बनाएकी छन् । सागमा कुनैपनि नेपाली खेलाडीले ह्याट्रिक स्वर्ण जितेको यो पहिलो पटक हो । सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार भएको चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जित्दै गौरिकाले साग स्वर्णमा ह्याट्रिक गरेकी छन् ।
ओलम्पियन पौडीबाज गौरिकाले निर्धारित दुरी चार मिनेट २५.२८ सेकेन्डमा पूरा गर्दै स्वर्ण चुमेकी हुन् । यस स्पर्धामा भारतकी शिवांगी शर्माले चार मिनेट २६.२२ सेकेन्डमा दुरी पूरा गर्दै रजत जितिन् । श्रीलंकाकी खेलाडीले काँस्य हात पारिन् ।
यसअघि गौरिकाले दुई सय मिटर ब्याकस्ट्रोक र फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् । साग पौडीको विभिन्न आठ स्पर्धामा सहभागी १७ बर्षीया गौरिकाले थप दुई कांस्य समेत जितेकी छन् । गौरिकाले सोमबार पनि स्वर्ण जित्ने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी