नेकपा सचिवालयको बैठक सोमबार १ बजे बस्ने
काठमाडौं । सोमबार बिहान नौ बजेका लागि तय भएको नेकपा सचिवालय बैठकको समय परिवर्तन भएको छ । यसअघि गत बुधबार बसेको सचिवालय बैठकले उपनिर्वाचन समीक्षा र पार्टीको एकता प्रकृया टुंग्याउन सोमबार बिहान नौ बजेका लागि बैठक वोलाउने निर्णय गरेको थियो ।
सचिवालयका सदस्यहरुको समयलाई ख्याल गर्दै समय परिवर्तन भएको महासचिव विष्णु पौडेलले जानकारी दिए । आइतबार अध्यक्ष प्रचण्डले सोमबारको बैठकमा पेश गर्ने एजेण्डाका बारेमा पार्टी नेताहरुसँग छलफल गरेका थिए ।
सोमबारको बैठकमा प्रचण्डले विभिन्न बैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । प्रचण्डको प्रस्तावमा पार्टी एकता प्रकृयालाई पूर्णता दिँदै ६ महिने अभियान चलाउने योजना समेत समेटेको बताइएको छ ।
यसैबीच प्रधानमन्त्री केपी ओलीले सोमबारै मत्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीले सोमबार ४ बजे मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि झण्डै दुई सातायता मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !