शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचारः  नेपालको स्वर्ण संख्या ४५ पुग्दा भारतको १३२ पुग्यो

आइतबार, २२ मङ्सिर २०७६, २१ : ३०
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्ण संख्या ४५ पुगेको छ । पदक तालिकामा भने भारतको अग्रता कायम छ । 

अहिलेसम्मको मेडल तालिकामा भारते १३२ स्वर्ण, ७९ रजत र ४१ कास्य जितेको छ भने नेपालले ४५ स्वर्ण, ४४ रजत र ७६ कास्य पदक जितेको छ । त्यसैगरी, श्रीलंकाले ३६ स्वर्ण, ६८ रजत र ९३ कास्य जितेको छ भने पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्य सहित चौथो स्थानमा छ ।

त्यसैगरी, बंगलादेशले अहिलेसम्म ८ स्वर्ण, २६ रजत र ६६ कास्य जितेको छ । यता माल्दिभ्सले १ स्वर्ण, २ कास्य जित्दा भुटानले ९ कास्य पदकमै चित्त बुझाएको छ ।

पुरुष फुटबल

सागअन्तर्गत पुरुष फुटबल प्रतियोगितामा नेपालले बंगलादेशलाई १–० हराएको छ ।  खेलको ११ मिनेटमा सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै नेपाल फाइनलमा पुगेको छ । फाइनलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । 

यता १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पौडी खेलाडी गौरिका सिंहले आइतबार तेस्रो स्वर्ण जितेकी छन्। 

महिला चार सय मिटर प्रिस्टाइल स्पर्धामा गौरिकाले स्वर्ण जितेकी हुन्। उनले सात दोबाटोस्थित हिटिङ पौडी पोखरीमा भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हुन्। 

यसअघि उनले १३ औं सागमा दुई स्वर्ण तथा एक–एक रजत र कास्य जितिसकेकी छन्। पहिलो स्वर्ण उनले दुई मिटर फ्रिस्टाइल र दोस्रो स्वर्ण दुई सय मिटर ब्याकस्ट्रोक स्पर्धामा जितेकी हुन्। 
यो सँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ४४ पुगेको छ।

जुडोमा नेपाललाई स्वर्ण

यता, जुडोमा नेपालकी देविकी खड्काले स्वर्णपदक जितेकी छिन् । जुडोमा नेपालकी खड्काले ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । 
उनले पहिलोमा श्रीलंकन र दोस्रोमा भारतीय खेलाडीलाई हराएकी थिइन् ।

सागअन्तर्गत फेन्सिङमा नेपालले रजत पदक जितेको छ । आइतबार कीर्तिपुरमा भएको टीम इभेन्ट्समा स्वर्ण पदक भने भारतले जितेको छ । चारतले नेपाललाई ४५–१८ ले हराएको थियो । 

त्यसैगरी,  भारोत्तोलनमा नेपालले थप १ रजत र १ कास्य जितेको छ । योसँगै १३ औ सागमा भारोत्तोलनबाट नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य पदक जितेको छ ।

आइतबार सागर भण्डारीले पुरुष १०९ केजी तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमानसहित रजत जिते । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाए । यसअघि सागको छनोट चरणमा आफ्नो नाममा तीनै विधाको रेकर्ड १३ औं सागमा उनले भंग गरेको नेपाल भारोत्तोलन संघका प्रवक्ता रुकेश तण्डुकारले जनाए ।

२० स्वर्णसहित कुल ६० पदकको लागि महिला तथा पुरुषतर्फ दश÷दश वटा तौल समूहको खेलमा नेपालले कुल १६ विधामा भाग लिएको थियो ।

प्रचण्डको कुरा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विकास, समृद्धि र सभ्यताको प्रमुख आधार शिक्षा भएकाले सरकारले विशेष महत्व दिएको बताएका छन् । 

काठमाडौंको चन्द्रागिरि नगरपालिका स्थित एक विद्यालय भवनको आइतबार समुद्घाटन गर्दै उनले शिक्षा क्षेत्रमा गुणात्मक सुधार नभएसम्म देशमा समृद्धि, विकास र सभ्यताको सपना पूरा नहुने बताएका हुन् ।

 उनले आफ्नो पार्टीले चुनावमा शिक्षामा गुणात्मक सुधार राख्ने दृढता जनतासमक्ष राखेको उल्लेख गर्दै त्यसलाई पुरा गर्न सरकारले कम्तिमा पनि २० प्रतिशत बजेट शिक्षाको सुधारका लागि छुट्याउनुपर्ने बताए । 

उनले शिक्षा क्षेत्रमा बढ्दै गएको व्यापारिकरणलाई कम गर्न सामुदायिक विद्यालयको गुणस्तर सुधार अनिवार्य रहेको समेत बताए । 

अध्यक्ष दाहालले प्राविधिक र व्यवसायीक शिक्षाको विकास गरी देशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । 


शिक्षा मन्त्री पोखरेल

यता, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि उत्पादनको शक्ति भएकाले देशको समृद्धि र विकासमा प्रयोग गर्नुपर्ने बताएका छन् । 

त्रिभुवन विश्व विद्यालय, नेशनल एटमसफेरिक रिसोर्स एण्ड इनभारोमेन्टल रिसर्च ल्याबरोटरी को काठमाडौं कीतिपुरमा निर्माण गर्न लागिएको प्रयोगशाला भवनको आइतबार बिहान शिलन्यास गर्दै देशको विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण हुने बताएका हुन् ।  उनले विश्वविद्यालयको यो प्रयोगशालालाई नेपाल सरकारका विभिन्न विभागिय परामर्श केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए । 

भवन शिल्यान्यस भएपछि बैज्ञानिकहरुले विश्व विद्यालयसँग भएका सबै उपकरणहरु प्रयोगमा आउने बताएका छन् । बैज्ञानिक रामप्रसाद रेग्मीले भवन निर्माण पछि कृषि, जलवायु, हवाई दुर्घटना न्यूनीकरण, प्राकृतिक प्रकोप लगायतका क्षेत्रमा अनुसन्धान गर्न सजिलो हुने बताए । 

त्रिभुवन विश्व विद्यालयको यो भवन दुई करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो । यो भवनको निर्माण कार्य एक वर्ष भित्रमा सिक्ने बैज्ञानिक रेग्मीले जानकारी दिए ।

नागरिकता विधेयक
संघीय संसदको आगामी अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दलकै सांसदहरुले आशंका व्यक्त गरेका छन् । 

नागरिकता विधेयकसम्बन्धी छलफलमा सहभागी सत्तारुढ दलका सांसदहरुले नागरिकता विधेयकमा सहमति जुटेर आगामी संसद अधिवेशनमा पेस हुने विषयमा नै आशंका व्यक्त गरेका हुन् । 

नेकपाकी सांसद विन्दा पाण्डेलले नागरिकता प्रदान गर्ने सन्र्दभमा महिला र पुरुषलाई समान व्यवहार गरिनुपर्ने सम्बन्धमा सहमति जुट्न नसक्दा संसद अधिवेशनमा पेस हुन नसकेको नागरिकता विधेयकमा सहजै सहमति जुट्ने संभावना आफूले नदेखेको बताइन् । 

कानुनसमितिका सभापति समेत रहेका सत्तारुढ दलकै सांसद कृष्णभक्त पोख्रेलले नागरिकता विधेयक संसदमा पेश हुन नसक्नुको दोष अरुलाई दिन नमिल्ने बताए । 

नागरिकता र जन्मदर्ता सम्बन्धमा भएको व्यवस्था पनि कार्यान्वयन हुन नसक्दा आफूहरु बर्षोदेखि नागरिकताका लागि अदालत धाउन बाध्य भएको भन्दै पीडीतहरुले सहज अनागरिक हुने अवस्थाको अन्त्य कहिले हुन्छ भनी प्रश्न गरेका थिए ।

निर्माण दिवस

नेपाल निर्माण व्यवसायी महासंघले १२ औं निर्माण दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । 

महासंघले आइतबार काठमाडौंका विभिन्न ठाउँ परिक्रमा गरी प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले निर्माण दिवस मनाउँदै गर्दा आफुहरु आन्दोलित हुनुपरेको बताए ।

चिनियाँ पक्राउ

प्रहरीले लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले लागू औषध बनाउने ४ किलो २ सय ग्राम रसायनसहित एक जना चिनियाँ नगारिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । प्रहरी नायव महानिरीक्षक दिनेश अमात्यले गएको शुक्रबार कार्गोबाट न्यूजील्याण्ड पठाउन लागिएको उक्त रसायन सहित ३१ वर्षको चिनियाँ नागरिक जाङ चाओलाई पक्राउ गरेको बताए । 

प्रहरीले अहिले पक्राउ परेका चिनियाँ नागरिकलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको समेत बताएको छ ।

भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप