मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘संविधान र सङ्घीयता कार्यान्वयनमा सबै दल एक हुनुपर्ने’

आइतबार, २२ मङ्सिर २०७६, २० : ५६
आइतबार, २२ मङ्सिर २०७६

विराटनगर । नेपाली काँग्रेसका उपसभापति विजयकुुमार गच्छदारले संविधान र सङ्घीयताको पूर्र्ण कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीच सहमति एवं सहकार्य आवश्यक रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज अपरान्ह् पत्रकारहरुसँग कुरा गर्दै उनले  वर्तमान सरकारलाई पाँच वर्षका लागि सरकार सञ्चालन गर्न दिएको जनमतबाट बनेको ठूलो दलको सरकारले अन्य दललाई पनि सहमतिलाई ल्याउनुपर्ने सुझाव दिए । । 

उनले नेपाली काँग्रेसले सहमति र सहकार्यबाट अघि बढ्न चाहेकाले संविधानको मुूल्य मान्यताअनुुसार सत्तापक्षले पनि प्रतिपक्षसँग सहमति गरेर अघि बढनुुुपर्ने धारणा राखे। 

भर्खरै सम्पन्न उप निर्वाचनमा नेपाली काँग्रेसप्रति जनताको उत्साह बढेको पाइएको दाबी गरे ।

उपसभापति गच्छदारले पार्टीको विधानमा भएको व्यवस्थाअनुुसार एक वर्षको म्याद थप हुुने र आगामी २०७७ फागुन मसान्तभित्र सम्म महाधिवेशन सम्पन्न हुुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप