काठमाडौं मेरिएट होटल एडमामेमा चिनियाँ मेन्यू
काठमाडौँ– नक्सालस्थित होटेल मेरिएटको पहिलो तलामा छ, एडमामे रेष्टुरा । आरामदायी, सम्पन्न तथा आकर्षक आधुनिक एशियन शैलीको एडमामेले नयाँ चाइनिज मेन्यू सुरु गरेको छ ।
‘ओक एण्ड बउल’ नामक उक्त मेन्यूमा हरेक शनिबार लञ्च आवरमा मौलिक चिनियाँ व्यञ्जन उपलव्ध हुन्छ । उक्त रेस्टुरेन्टमा जापानी, चिनियाँ र थाइल्याण्डका मौलिक परिकार पहिले देखि नै उपलब्ध छन् । हालै सुरु भएको नयाँ मेन्यूमा दिम्सम, राइस बउल, र लिप स्म्याकिङ वाओस, हास, चिकेन लगायतका परिकार छन् । मिक्स शाकाहारी रोल्स र लिम्पियाज लगायत परिकार पनि रेष्टुरेन्टमा पाइन्छ ।
एडमामेको सेटिङ निकै आकर्षक छ । जटिल ढाचाँ, भव्य वस्त्र र एशियन कलाको फ्युजन रेष्टुरेन्टमा देख्न पाइन्छ । डिजाइनले प्राचिन सभ्यताको रहस्य र यसबाट अलग्गीदा ब्रम्हाण्डमा गरिएको भोजन अमुल्य भोेजनको अर्थ दिन्छ ।
हरेक सामग्रीको उत्पादन र गुणस्तर उत्पादनलाई ध्यानमा राख्ने गरेको प्रष्ट पार्छन् । एडमामेका कार्यकारी शेफ सञ्जीव रञ्जन र शेफ निन्जा भन्छन, ’खानाको स्वाद र गुणस्तरलाई ध्यानमा राखि स्वस्थ परिकार पस्किने गरेका छौ ता की एकपटकको स्वाद पनि यादगार बनोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी