भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुने अपेक्षा छ: पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालको भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुने अपेक्षा रहेको बताएका छन् । गीता ज्ञान–प्रचार सेवा समितिले काठमाडौंको पाशुपत क्षेत्रमा आयोजना गरेको गीता जयन्ती महोत्सवलाई सम्बोधन गर्दै भ्रमण वर्ष २०२० मा नेपालको पशुपतिनाथको दर्शन गर्न भारतीय प्रधानमन्त्री मोदी आउने अपेक्षा गरेका हुन् ।
उनले भारत र नेपालको संस्कृति तथा सम्पदाहरु मिल्ने भएकाले पनि भ्रमण वर्षका बेला धार्मिक गुरुहरु तथा राजनीतिक नेताहरुको भ्रमण हुने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले भारत र नेपालबीच जोडिएको सभ्यताको एक केन्द्रविन्दु पशुपतिनाथ रहेको बताए । उनले धार्मिक सम्बन्ध भएकै कारण धेरै भारतीय नागरिकहरु नेपाल आउने गरेको बताए ।
‘घर–घर श्रीमदभागवद्गीता–हाम्रो अभियान’ भन्ने मूल भावसहित आइतबार गीता जयन्ती मनाइएको हो । भारतले भागवत गीता र योगलाई विश्वभर फैलाउन सद्भावना दूतहरु बनाएर पठाउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी
-
पशुपति आइपुगे नागाबाबाहरू (तस्बिरमा हेर्नुहोस्)
-
लमजुङमा भूकम्पको धक्का
-
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी