बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुने अपेक्षा छ: पर्यटनमन्त्री भट्टराई

आइतबार, २२ मङ्सिर २०७६, १९ : ३१
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालको भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुने अपेक्षा रहेको बताएका छन् ।  गीता ज्ञान–प्रचार सेवा समितिले काठमाडौंको पाशुपत क्षेत्रमा आयोजना गरेको गीता जयन्ती महोत्सवलाई सम्बोधन गर्दै भ्रमण वर्ष २०२० मा नेपालको पशुपतिनाथको दर्शन गर्न भारतीय प्रधानमन्त्री मोदी आउने अपेक्षा गरेका हुन् ।

उनले भारत र नेपालको संस्कृति तथा सम्पदाहरु मिल्ने भएकाले पनि भ्रमण वर्षका बेला धार्मिक गुरुहरु तथा राजनीतिक नेताहरुको भ्रमण हुने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले भारत र नेपालबीच जोडिएको सभ्यताको एक केन्द्रविन्दु पशुपतिनाथ रहेको बताए । उनले धार्मिक सम्बन्ध भएकै कारण धेरै भारतीय नागरिकहरु नेपाल आउने गरेको बताए ।

‘घर–घर श्रीमदभागवद्गीता–हाम्रो अभियान’ भन्ने मूल भावसहित आइतबार गीता जयन्ती मनाइएको हो । भारतले भागवत गीता र योगलाई विश्वभर फैलाउन सद्भावना दूतहरु बनाएर पठाउने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप