नेपाल भ्रमण वर्ष २०२० र पाटा नेपाल च्याप्टरद्धारा नयाँ दिल्लीमा पर्यटन प्रवर्धन
नयाँ दिल्ली – नेपाल भ्रमण वर्ष २०२० र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले ‘‘भ्रमण वर्ष २०२० तथा नाइस (नेपाल इण्डिया चाइना एक्सपो)’’ कार्यक्रम सम्बन्धी यही डिसेम्बर ५ तारिखका दिन नयाँ दिल्लीस्थित द पार्क होटलमा भारतका करिब ६० वटा प्रमूख ट्राभल व्यवसायी तथा सरोकारवालाहरुबीच प्रवर्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
पाटा नेपालका महासचिव विभुतीचन्द ठाकूरले आमन्त्रित अतिथि तथा भारतका विभिन्न संघ संस्थामा आवद्ध व्यवसायीहरुलाई सम्बोधन गर्दै कार्यक्रम शुरु गरे।
पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले स्वागत मन्तब्य व्यक्त गर्दै कार्यक्रममा सहभागिहरुलाई धन्यवाद व्यक्त गरे । उनले डिसेम्बर ६ मा पाटा इण्डिया च्याप्टरद्धारा आयोजित ‘‘टूरिजम पावरहाउस’’ कार्यक्रममा समेत भ्रमण वर्ष २०२० तथा नाइस सम्बन्धी करिब ४०० भारतका पर्यटन सरोकारवालाहरु समक्ष प्रस्तुति दिए ।
नेपाल भ्रमण वर्ष २०२० का प्रवन्धक रोहिणी खनालले नेपाल सरकारद्धारा घोषणा गरिएको भ्रमण वर्ष लक्षित कार्यक्रम तथा पहलहरुका सम्बन्धमा प्रस्तुती दिइन् । उनले भ्रमण वर्षको उद्देश्य, महत्व र प्राथमिकताहरुबारे प्रकाश पार्दै उपस्थित सबैमा भ्रमण वर्षमा सहभागि हुन र आ–आफ्नो कार्यक्षेत्र तथा नेटवर्कमार्फत भ्रमण वर्षको प्रवर्धनमा सहयोग गर्न आब्हन गरे ।
त्यसैगरी, पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले भ्रमण वर्षको सन्दर्भमा पाटा नेपालद्धारा आयोजना गरिने कार्यक्रमहरु विषेशगरी नाइस कार्यक्रमको संरचना, तयारी र नेपाल भारत र चीन छिमेकी मुलुकहरुको दिगो पर्यटन विकासका लागि यस कार्यक्रमले खेल्ने महत्वपूर्ण भूमिकाबारे प्रस्तुति दिए ।
कार्यक्रममा बोल्दै पाटा अन्तर्राष्ट्रियका सिइओ डा मारियो हार्डीले पाटाले विश्वकै दिगो विकास प्रवर्धनका लागि सहकार्य तथा समन्वयमा जोड दिइरहेको परिवेशमा नेपालद्धारा आयोजना गरिने नाइस कार्यक्रम अत्यन्त सराहनिय भएको बताए ।
पाटा इण्डियाका कार्यकारी निर्देशक रुनिप साँघाले पाटा इण्डिया च्याप्टरले रणनीतिक साझेदारको रुपमा नाइस कार्यक्रमका लागि सक्दो सहकार्य तथा सहयोग गर्ने बताए ।
कार्यक्रममा भारतमा साहसिक पर्यटनमा चिर परिचित व्यक्तित्व तथा नाइस एम्बेसडर अजित बजाजले हिमालय पर्यटन क्षेत्रका प्रमुख संरक्षक राष्ट्रहरु (नेपाल भारत र चीन) लाई पर्यटन क्षेत्रमा एकतृत एवम् एकबद्ध गरी यो क्षेत्रकै दिगो पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने नाइस कार्यक्रम एक प्रशंसनीय पहल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
-
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
दुई पटक संशोधन हुँदा पनि कार्यान्वयन हुन सकेन कर्णाली सरकारको महत्त्वाकाङ्क्षी योजना
-
महोत्तरीका सीमा क्षेत्रमा स्थानीय प्रशासनको अनुगमन
-
लन्डनमा घट्यो क्रिसमसको रौनक, सुनसान छन् रेस्टुरेन्ट (तस्बिरहरू)
-
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला