लक्ष्मी बैंकको १२०औं शाखा झापाको काँकडभिट्टामा
काँकडभिट्टा– लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२०औं शाखा झापाको काँकडभिट्टामा संचालनमा ल्याएकोे छ ।
यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२० शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।
यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकअनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस
-
राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
-
राज्यले अनुसन्धानमा नियत राख्न मिल्छ कि मिल्दैन ?
-
नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित
-
संविधानपछि बन्नुपर्ने कानुनहरू बनाउन ढिलो भयो, समितिहरूमा गुणात्मक उपस्थिति बढाऔँ : महामन्त्री शर्मा
-
यसरी कार्यान्वयन गरिँदै छ १६औँ योजना