शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुस्ति खेल: भारतलाई ४ स्वर्ण, नेपाललाई २–२ वटा रजत र कास्य

आइतबार, २२ मङ्सिर २०७६, १७ : ५९
आइतबार, २२ मङ्सिर २०७६

जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत जनकपुरमा भइरहेको कुस्ति खेल प्रतियोगितामा आइतबार भएको ७ वटा विभिन्न तौलको समूहमा भारतले ४ वटा स्वर्ण पदक प्राप्त गरेका छन् भने श्रीलंका २ र पाकिस्तानले १ स्वर्ण पदक हालिस गरेजा छन् ।

नेपाल २ वटा रतज र २ वटा कास्य मात्र प्राप्त गर्न सकेका छन् । आइतबार तीन पुरुष र चार महिलाको विभिन्न तौल समूहमा कुस्ती भएको थियो ।  कुस्तीमा पुरुषतर्फ ६१ किलोग्राम तौल समूहमा भारतका रविन्द्रले स्वर्ण, पाकिस्तानका बिलालले रजत र श्रीलंकाका उदराले कास्य पदक जिते भने ८६ किलोग्राम समूहमा भारतका पवनकुमार स्वर्ण, पाकिस्तानका उमर अहमद रजत र बंग्लादेशका श्रीश्रोत रायले रजत पदक प्राप्त गरेका छन् । 
त्यस्तै ९२ किलोग्राम समूहको खेलमा पाकिस्तानका इनाम स्वर्ण पदक हासिल गरेका छन् भने श्रीलंकाका सलिथा रजत र नेपालका समिर शाह कास्य पदका प्राप्त गरेका छन् ।  महिला समूहतर्फ ५९ किलोग्राम समूहमा भारतकी अंशुले स्वर्ण, बंग्लादेशकी निपारेनले रजत र नेपालकी कोमल खत्रीले कास्य पदक जितेकी छिन् । त्यस्तै ६२ किलोग्राम समूहमा भारतकै साक्षी मलिक स्वर्ण, श्रीलंकाकी महिराले रजत र बंगलादेशकी अख्तर सरमिनले रजत पदक जित्न सफल भएकी छिन् ।

यसैगरी ६५ किलोग्राम समूहतर्फ श्रीलंकाकी दिलहानी स्वर्ण, नेपालकी शुशिला चन्द रजत र बङ्गलादेश मोस लक्की कास्य पदक पाउन सफल भएकी छिन् भने ७२ किलोग्राम समूहतर्फ श्रीलंकाकी अयोमी स्वर्ण, नेपालकी निर्मला जागरी रजत र बंग्लादेशकी अख्तर रोजिना कास्य पदक जित्न सफल भइन् ।

भारतले तीन दिनमा १२ वटा स्वर्ण पदक जितेका छन् भने पाकिस्तानले ३ वटा, श्रीलंका २ वटा र नेपाल १ स्वर्ण पदक जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप