केन्द्रीय संस्करण

पर्यटन क्षेत्रमा अुनसन्धान नहुँदा कार्यक्रमहरु ल्याउन सकिएन: पर्यटनमन्त्री भट्टराई

person explore access_timeमंसिर २२, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रमा अुनसन्धान नहुँदा कार्यक्रमहरु ल्याउन नसकिएको बताएका छन् । बारबरा फाउण्डेशनले आइतबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि अनुसन्धान आवश्यक रहेको बताएका हुन् ।

उनले पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय कनेक्टिभिटिको अवस्थालाई बढाउनुपर्ने चुनौती रहेको समेत बताए । त्यस्तै हिमाली क्षेत्रमा कनेक्टिभिटिको विकास तथा ग्रेटर लुम्बिनिको अवधारणाका लागि पनि अनुसन्धान गर्नुपर्ने आवस्यकता रहेको उनले बताए । मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत पर्यटन क्षेत्रको अनुसन्धान गर्नका लागि आवस्यक व्यवस्था गर्ने समेत बताए ।  

मन्त्री भट्टराईले देशमा रहेका सबै सांस्कृतिक ठाउँहरुलाई योजना बनाई पर्यटन प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले नेपालको जिडिपिमा कम्तिमा पनि १० प्रतिशत योगदान पर्यटन क्षेत्रको हुनुपर्ने र त्यसका लागि दिर्घकालिन योजना बनाएर अघि बढ्न लागिएको बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.