शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा कर्फ्यु आदेश जारी

आइतबार, २२ मङ्सिर २०७६, १७ : २८
आइतबार, २२ मङ्सिर २०७६

बाँके। ट्रकको ठक्करबाट स्कुले बालिका घाइते भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बाँके जिल्ला प्रशासनले कोहलपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।  कोहलपुरको पूर्वमा चप्पर्गौडी  ,पश्चिममा किरण नाला ,उत्तरमा नौबस्ता जाने बाटो र दक्षिणमा पिपरी चोकको ५ सय मिटर क्षेत्रमा कर्फ्यी जारी गरिएको हो ।

ट्रकको ठक्करबाट एक स्कुले बालिका घाइते भएपछि स्थानीयवासीले ट्रकमा आगजनी गरेका थिए ।  झडपमा परि  ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप ७ जना प्रहरी पनि घाइते भएका छन् । घाईते हुने प्रहरीहरुमा अमर खड्का, रविन्द्र शर्मा,होमबहादुर खत्री, रष्मी पुन मगर, लक्ष्मीप्रशाद आचार्य, खुमबहादुर विष्ट र धनबहादुर विक रहेका छन् । उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

केही घाइतेहरुलाई काठमाडौ लगिएको छ । सो घटनामा अरु ३ जना घाइते भएका छन् । प्रहरीले रवरको गोली चलाएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले स्वीकार गरेका छन् । कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले आइतबार बिहान स्थानीय हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्द *घाइते भएकी थिइन्। 

*सच्याइएको । यसअघि अन्यथा हुन गएकोमा हामी क्षमाप्रार्थी छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप