गौरिका सिंहले जितिन् तेश्रो स्वर्ण
आइतबार, २२ मङ्सिर २०७६, १७ : ०१
काठमाडौं । पौडी खेलाडी गौरिका सिंहले आइतबार तेस्रो स्वर्ण जितेकी छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला ४ सय मिटर प्रिस्टाइल स्पर्धामा गौरिकाले स्वर्ण पदक जित्न सफल भएकी हुन्।
ललितपुरको सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा उनले भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हुन्। गौरिकाको यो जितसँगै सागमा नेपालको ४४ वटा स्वर्ण पदक पुगेको छ ।
यसअघि गौरिकाले २ स्वर्ण तथा १–१ रजत र कास्य जितिसकेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने