त्रिविका परीक्षार्थीसँग पैसा लिएर नम्बर फेरबदल गर्ने फन्दामा, विशेष अदालतमा मुद्दा
आइतबार, २२ मङ्सिर २०७६, १६ : ५८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका दुई परीक्षार्थीसँग रकम लिइ परीक्षाका उत्तरपुस्तिकाको प्राप्तङ्क फेरबदल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
त्रिविका लेखा अधिकृत कमलप्रसाद दाहाल र त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
त्रियुगा जनता बहुमुखी क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी दाहाल र चौधरीले नम्बर तलमाथि गरेको पाइएको अख्तियारको भनाइ छ ।
अख्तियारले जानुका र हिराविरुद्ध पनि मुद्दा दायर गरेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा