शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकता टुङ्ग्याउन प्रचण्डको गृहकार्य : खुमलटारमा छुट्टाछुट्टै छलफल

आइतबार, २२ मङ्सिर २०७६, १३ : ४७
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी गृहकार्य थालेका छन् । 

त्यसका लागि अध्यक्ष प्रचण्डले सोमबार सचिवालयको बैठक बोलाएका छन् । बैठकअघि आइतबार बिहान प्रचण्डले मुख्य नेताहरुसँग परामर्श गरेका छन् । 

प्रचण्डले नेताहरु माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल लगायतका नेताहरुसँग छुट्टाछुट्टै भेटेर एकताका बाँकी कामबारे छलफल गरेका हुन् । 

आइतबार प्रचण्डसँग छलफल गर्न  बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेल प्रचण्डनिवास खुमलटार पुगेका थिए ।

तर उनीहरुले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएलगत्तै अध्यक्ष प्रचण्डले पार्टी एकताका बाँकी काम चाँडै टुङग्याउने बताउदै आएका थिए । 

गत मंसिर ५ गतेयता कार्यकारी अध्यक्ष बनेपछि प्रचण्डले सचिवालयको बैठक दुई पटक बोलाइसकेका छन् । 

सोमबारको सचिवालय बैठकमार्फत प्रचण्डले एकताका बाँकी काम टुङग्याउने र स्थायी समिति बैठक, केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप