बाँदर र सुँगुरलाई मिलाएर चीनका वैज्ञानिकले बनाए नयाँ प्रजाति, मानिसहरु अचम्मित
चीनका वैज्ञानिकले एकपटक पुनः आफ्नो वैज्ञानिक प्रविधिले संसारभरीका मानिसहरुलाई अचम्मित तुल्याएको छ । यसपटक चिनियाँ वैज्ञानिकहरुले बाँदर र सुँगुरको जीनबाट नयाँ प्रजातिको जनावर पैदा गरेका छन् । यसलाई ‘बाँदर–सुँगुर प्रजाति’ नाम दिइएको छ । मिडिया रिपोर्ट अनुसार सुँगुरका दुई बच्चाको मुटु, कलेजो र छालामा बाँदरका तन्तु छन् । सुँगुरका यी दुई बच्चा स्टेम सेल र प्रजनन जीव विज्ञानको स्टेट प्रयोगशालामा पैदा भएका थिए तर जन्मिएको एक हप्ताभित्रै यी दुईको मृत्यु भयो ।
द मिररको रिपोर्ट अनुसार बेइजिङको स्टेट सेलकी प्रमुख प्रयोगशाला र प्रजनन जीवन विज्ञानका वैज्ञानिकलाई मान्ने हो भने यो बाँदर–सुँगुरको पहिलो रिपोर्ट हो । वैज्ञानिकका अनुसार पाँच दिनका पिगलेट भ्रुणमा बाँदरको स्टेम कोसिका थिए । तर यी दुई बाँदर–सुँगुरको मृत्यु किन भयो भनेर स्पष्ट हुन सकेको छैन । वैज्ञानिकका अनुसार उनीहरुको मृत्यु आइभीएफ प्रक्रियामा कुनै प्रकारको समस्याका कारण भएको हुनसक्छ ।
स्मरण रहोस्, यो प्रयोग स्पेनिश वैज्ञानिक युआन कार्लोस इजिपिसुआ बेलमोन्टेले दुई वर्ष अघि गरेको प्रयासलाई अनुसरण गर्दै गरिएको हो । द न्यू साइन्टिस्ट पत्रिकाको रिपोर्टमा बताइए अनुसार तांग हाइ र उनको समूहले जुआन कार्लोसको सोचलाई अघि बढाएका हुन् र आनुवंशिक रुपमा संशोधित बाँदर कोसिकालाई ४ हजारभन्दा बढी सुँगुरको भ्रुणभित्र हालिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)