बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘चालबाज’मा केकी

आइतबार, २२ मङ्सिर २०७६, १३ : ३९
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौं । फिल्म ‘चालबाज’को छायाँकन दार्जिलिङबाट सुरु भएको छ । शनिबारदेखि फिल्मको छायाँकन दार्जिलिङबाट सुरु भएको निर्माता अरुण तामाङले जानकारी दिए ।

सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्देशक कैलाश राई हुन् ।

केकी अधिकारी, वुद्दि तामाङको साथमा नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहेन फिल्ममा मुख्य महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको मुख्य भूमिका रहनेछ ।

सौरभ लामाको छायाँकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत, विपिन किरणको शब्द रहने फिल्ममा प्रोडक्शन म्यानेजर सुदीप ढकाल हुन् ।

सस्पेन्स लभ स्टोरी कथामा फिल्म बन्न लागेको निमार्ण युनिटले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप