केन्द्रीय संस्करण

निरिह पशुको बध : पाप कि पुण्य ?

person explore access_timeमंसिर २२, २०७६ chat_bubble_outline0

तपाईंले भगवान्लाई कसरी बुझ्नुहुन्छ ? भगवान्, ईश्वर, अल्लाह, गड, परमेश्वर भन्नु सायद नामको आस्था पनि त हुन सक्ला ? सन्दर्भ– नेपालको बारा जिल्लाअन्तर्गत पर्ने शक्तिपीठमध्येको प्रसिद्ध गढीमाई मन्दिरमा पाँच–पाँच वर्षमा लाग्ने मेलासँगको पनि हो । मङ्सिर महिनाभरि लाग्ने उक्त मेलामा उपस्थित सभ्य मानिस र मृत्युवरणार्थ भेला पारिएका असचेत प्राणीको खचाखच उपस्थितिको विषय हो ।

पशु अधिकारकर्मी, अहिंसावादी लगायतका केही संस्थाहरूले पनि बलि प्रथाका विरुद्धमा आवाजलाई बुलन्द गरिरहँदा सरकारका तर्पmबाट केही कडाइ पनि भएका थिए तर यथार्थमा आज त्यो अवस्था कायमै रह्यो । यसो भनिरहँदा पशु अधिकारकर्मीले मासु खाएको खबरले बजार पिटिएको विषय गाँसिएला । त्यो कसैको व्यक्तिगत सोच र व्यवहारसँग मेरो तर्कवितर्क छैन । यो विषय गम्भीर पनि त छ । निर्दोष पशु पीडाले छट्पटाउँछ, सर्वश्रेष्ठ प्राणी खुसीमा रम्छ ः यो कस्तो सोच र कारुणिकता होला ? आस्था हो भन्दैमा निर्दोष पशुको बध गरेर पुण्य मिल्छ कि हत्याको श्राप मिल्ला ? बोल्न र विद्रोह गर्न नसक्ने प्राणीलाई बलि दिएर आफ्नो इच्छा पूरा होओस् भनी वर माग्ने शैली र मनको चाहनालाई पुण्य भन्ने कि स्वार्थ ?

    हाम्रो देश आपैmमा शान्तिभूमि बुद्धको देश हो । हरेक प्राणीको हृदयको पीडालाई शमन गर्ने वेदव्यास, जनकजस्ता ज्ञानी, ध्यानीको आदर्शवाणीले सजिसजाउ गौरवगाथा छन् । हामी हाम्रा सनातन आस्थासँग अवश्य पनि प्रेम गर्छौं र गर्नुपर्छ । वेद र गीता ज्ञानसँग सान्निध्यता गाँस्न सदा आतुर छौँ । तर परम्परामा कमजोरी देखिए सुधार पनि त आवश्यक हुन्छ । मठ, मन्दिर, शक्तिपीठमा बलि दिइने भन्दै ल्याइएका हजारौँ कलिला बोका र राँगाको कथा अनि जिन्दगीको कारुणिकतालाई नियाल्दा जिरिङ्ग हुन्छ । निर्दोष पशुको बर्बर हत्यालाई धर्म र आस्थाको मखुण्डो ओढाएर स्वयम् ईश्वरको सृष्टिमा ईश्वरकै उपहास भएको लाग्दैन र ? अर्काको रगतको होली खेलेर रमाउन चाहने मानिसको चरम त्रूmरता जति निन्दा गरे पनि कम हुने आदतभित्र पर्छ । नेपाली साहित्यमा मूलतः नीति ज्ञानका भावनालाई व्यक्त गर्नेमध्ये प्रसिद्ध कविशिरोमणि लेखनाथ पौड्याल पनि एक हुन् । संस्कृत साहित्यका ज्ञाता उनले त यसो पो भनेका रहेछन् : 
        सूरमुनिदेखि भुसुनासम्म 
        प्रभु नै सबका घटमा टम्म 
        प्रभुका लेखा प्राणी मात्र
              पुत्र बराबर करुणा पात्र ।

    यदि हरेक प्राणीको हृदयमा ईश्वरको बास हुन्छ भने मानिसले अर्को प्राणीको बध गर्ने अधिकार कसरी पाउन सक्छ ? पशुमा पनि त हामीमा जस्तै जीवन र प्राण हुन्छ । तिनलाई पनि सन्तानको माया लाग्छ । भलै बोल्न नसक्लान् तर बोध र पीडा तिनलाई पनि हुन्छ । हामी अलिकति पनि नसोची निर्घात हत्या गरिदिन्छौँ । गाडीमा कोचाकोच हाल्छौँ । मोटरबाइकमा उँधोमुन्टो पारेर घिसार्दै दुगुराउँछौँ । कुखुरालाई पखेटामा समातेर ठाँटसँग हिँडिदिन्छौँ । यो एक्काइसौँ सभ्यताका सचेत मानिसको असल चरित्रभित्र पर्ला ? भोकभोकै दाम्लोमा बाँधेर आपूm डकार्दै विछ्यौनामा पल्टिने मानिसले आदिम बर्बरताको कुचरित्रलाई प्रस्तुत गरिरहँदा अलिकति हृदयको कुनामा दया गर्न जान्नुपर्दैन ? के यो मानिसको शक्तिको दुरुपयोग होइन ? मानिसले त आफ्नो ज्ञान र क्षमताका आधारमा संसारका सबै प्राणीको हित चाहनुपर्दैनथ्यो र ? अभिभावकत्व कायम गर्दै प्रकृति र मानिसको अस्तित्व कायम हुने गरी व्यवस्थापन गर्नुपर्दैनथ्यो त । कालिज कुखुराको जात, अर्ना भैँसीको, मृग बाख्राको जात संसार ढाक्दैन, चिन्ता गर्नै पर्दैन । मानिसले हिंस्रक पशुलाई जङ्गलमै बस्ने बासको प्रबन्ध मिलाउनुपर्छ या त तिनको वासस्थानमा आफ्नो बौद्धिक ज्ञानद्वारा हस्तक्षेप गर्नुहुन्न । व्यवस्थापन गर्नुपर्छ ः जितैजितको सिद्धान्तमा । पशुले पनि बाँच्ने र मानिसलाई पनि सहज हुने व्यवस्थाद्वारा प्राकृतिक सन्तुलन र विकासका बारेमा चिन्तित बन्नुपर्दैन होला ? यो विषय न त साकाहारीको हो न मांसाहारीको ः मात्र विवेक र विचारसँग गम्ने खुबी र मनन गरेर सुधार्ने मानिससँगको हो । 

शास्त्र सारमा के छ ?
    भगवान्सँगको प्रेम र आस्था प्रकट गरिन्छ भने कतै कसैको हानि नोक्सानी पुग्नुहुन्न । यदि शास्त्र इतिहासका पाना पल्टाउने हो भने पनि दण्ड र पुरस्कारको अधिकार केवल ईश्वरलाई मात्र हुन्छ । मानिसलाई होइन । वेदले संसारका सारा जीवको हितको कुरा गर्छ । वेदव्यासले अठार पुराणको सारमा परोपकार र पुण्यको कुरा गर्नुभयो तर हामी निर्दोष पशुको बर्बर हत्या गर्दै धर्मको ढोल पिट्दा वधशालाको अश्रुसँग दुख्दैनौँ । कुन युगको सोचभित्र गुम्सिएर सत्यताको बहस गर्दै आस्था, इच्छा, आतङ्कको ढोल पिट्दैछौँ ? भित्री मनले हृदयभित्र पसेर सोचौँ । हरेक प्राणी भगवान्कै अंश हो । अनि फेरि यस्तो निर्मम हत्या गर्ने अधिकार यो मानिस नामक प्राणीलाई कसले दिएको हो ? 

    पशुपध त श्रीमद्भागवत् गीताको भाषामा निर्मम तामसी चरित्र हो । एकातिर हामी प्रकृतिको पूजा गर्छौं । तिहारमा कुकुरदेखि गाईसम्मलाई पूजा गर्छौं । अनि फेरि बलि दिएर कुकर्म पनि गर्र्छौं । यो विषयमा सोच्नु आवश्यक छ । हिन्दुधर्म दर्शनमा बलिप्रथाका विचार जे जसरी आएका छन्, ती वेदज्ञानभन्दा विपरीत छन् । यदि त्यसो नहुँदो हो त व्रत, पूजादिमा, देव तथा पितृकार्यमा मासुजन्य पदार्थलाई त आमिष (निषेधित वस्तु) मानिन्छ । कसैकसैले पितृकार्यको प्रसङ्गमा अपव्याख्या गरे पनि फलाहार र पत्र, पुष्पकै महिमा सदा उचो र पवित्र हुन्छ । यसको अर्थ हिन्दु धर्मावलम्बीले पशुबलि होइन आपूmभित्रको षड्शत्रुलाई पो बलि दिनुपर्ने सुन्दर सन्देश प्रवाह गरेको रहेछ । आखिर संस्कृतिको अर्थ पनि संस्कार गरिने विषयसँग सम्बद्ध छ भने यो समाजले बसाएको कुसंस्कारलाई परिष्कार गर्नु आजको शिक्षित र विवेकी मानिसको परम् दायित्वभित्र पर्दैन र !
    शान्ति र अहिंसाका हिमायती बुद्धको सन्देशप्रति सदा समर्पित भन्ने विचार र व्यवहारमा ठ्याम्मै पृथकता कसरी रह्यो ! बलिप्रथा आधुनिक युगको रुढिवादी परम्परा हो । यसबाट निर्दोष प्राणीको जीवन रक्षामाथि घोर अन्याय भएको छ । आज बेलायत, इजिप्टजस्ता देशले पशु अधिकारका कुरालाई अपनाउँदै आएका छन् । यस कार्यबाट मानिसलाई विवेकशील प्राणी हो भन्न सकिएको छ । पशुमाथिको यातना र प्रताडनालाई हेर्दा मानिसले अक्षम्य कुकृत्य गरेको विषय पक्कै पनि सानो र बेवास्ता गर्ने विषय नै होइन । 

    रक्तबीज नामक राक्षसको रगत भुइँमा खस्दा ऊजस्तै बलवान् जन्मिरहने हुँदा देवीहरूले क्रोधलाई जम्मा गरी कालीको रूप धारण गरेर उसको रगत पिउनुपरेको कथा सुन्न पाइन्छ । वास्तवमा बलि दिने नै हो भने भगवान्का अघि गएर हामीभित्रका काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य (षड्शत्रु) लाई सदाका लागि अन्त्य गर्ने प्रण गर्ने हो । रामले रावणलाई मारेका होइनन् केवल आपूmभित्रको रावणरूपी कुबुद्धिका टाउका आपैmले काटेका हुन् भन्ने अर्थबोधलाई सुन्दा पण्डितजीलाई ज्ञाता मान्ने हामी आपैm महामूर्ख किन हुन्छौँ ? राँगाको जस्तो बुद्धि, बोकाको जस्तो बुद्धिलाई मारौँ भन्ने सन्देशमा बलिको कुरा भइरहँदा प्रकृतिका जीवलाई समाप्त पार्ने कुबुद्धिलाई विकसित तुल्याएका होइनौँ होला त । मूलतः भाले जातिकै बलि दिइने प्रथा देखिनुले पनि पुरुषमा बढी यस्ता षड्शत्रु बाहुल्यता रहने रहेछ । षड्शत्रुलाई मार्नका लागि ज्ञानरूपी अस्त्र चाहिने विचारलाई पनि हामी सुन्दर मान्छौँ नै । फेरि हामी स्वादका पछि लागेर एउटा निहुँ बनाउँदै प्राणीको संहार गर्दै स्वार्थको नरकमा जाकिइरहेका त होइनौँ । विश्वास र अन्धविश्वासको पनि त हद हुन्छ । विश्वास श्रद्धाले गरिन्छ तर अन्धविश्वास मान्ने कुप्रथाभित्र अडेर अन्धो बनेर गरिन्छ । 

बाघले किन मासु खान्छ ?
    मांसाहारी प्राणीको मूलतः मुख चौडा हुने, दाह्रा–नङ्ग्रा हुने, चारवटा लामालामा दाँत हुने लगायतका लक्षण रहेको देखिन्छ । अर्काको अङ्गलाई खाएर आफ्नो अङ्ग बनाउने वास्तविक प्रकृति केवल मांसाहारी प्राणीका लागि हो । यदि बाघलाई आँप, कटहर, केरा, स्याउदेखि परिपरिका अन्नबाट प्राण धानिने गुण दिएको भए सायद उसले मृग मार्न चाहँदैन थियो किनकि भोको बाघले मात्र सिकार गर्छ । तर, मानिस त यस्तो बाघ हो जसलाई खानका लागि रोजीछाडी अन्नपात, फलपूmल र जिब्रोमा स्वाद दिएको छ ईश्वरले । तर, ऊ अरूको शरीरलाई काँचै खान नसकेर परीपरी तरिका अपनाएर आपूmलाई महान् मानिरहन्छ ।
  

 यसै घडीमा नेपालमा मात्रै पनि साकाहारीभन्दा मांसाहारीको बाहुल्यता एक चौथाइले नै बढी होला । दया हामी सबै मानिसभित्रको प्राकृतिक गुण हो तर उजागर हुन सकेन । मन्दिरजस्तो पवित्र स्थलमा धर्मको नाम लिएर पशुवधशालाको यत्रो भयङ्कर अत्याचार मानवीय सोच सुहाउँदो छ त ? ठूलो सङ्ख्याले अपनाएको अन्धविश्वासलाई देखेपछि त माक्र्सवाद र भौतिकवादका पूजारीहरू पनि विरोध गर्न डराउँछन् किनकि यत्तिका धेरै मान्छेको भोट काटिने पो हो कि भन्ने भयले तिनलाई कन्चटमा प्रहार गरिदिन्छ  नि । आज यत्तिका धेरै मन्दिर छन्, धर्म र धार्मिक सम्प्रदाय छन् तर यो संसारमा किन दिनानुदिन अनैतिकता र अत्याचार बढेको बढ्यै छ त ? गम्भीर विषय हो– मानिसले केवल बोक्रे विश्वास ग¥यो तर हृदयभित्र गएर मनन गर्ने र बुझ्ने काम गरेन । अर्कालाई देखाउन कसुर छोडेन तर आपूmलाई वास्तविक ऐनाभित्र हेर्नै खोजेन । हुन त यो तर्क बोकेरै जितिरहने विषय होइन । यो त केवल आपैmले बुझेर चेतनाको दियो बाल्ने कुरा मात्र हो । 

    यदि कसैल गढी माईका मन्दिर एउटा प्राणीको सन्तानलाई निर्मम हत्या गरेर आफ्नो लागि सन्तान या वैभव या केही माग्छ भने त्यो मानिसको महानता हो कि त्रूmर कायरता हो ? अनि माताले पनि आफ्नै सृष्टिको एउटा सन्तति मारेबापत अर्कोलाई पुरस्कार स्वरूप सन्तान दिने बाचा कसरी गर्दिहोलिन् ! यदि उनीप्रति हामीले चोखो मनले पूजा गर्छौँ भने केवल मनुष्यत्वको आशीर्वाद दिन्छिन् भन्ने मेरो बुझाइ हो । अनि गढी

माईको आँखामा विषादको आँशु कसरी बग्दो हो ! ती अबोध प्राणीसँगै जसको अश्रुले मात्रै एउटा सानो–सानो नदी नै बन्दो हो । 
२०७३ साउन २० गतेतिरै सर्वोच्चले गढी माई क्षेत्रको त्रूmरता रोक्न आदेश दिएका समाचार आए । तर आज पनि उस्तै पीडा छ, जहाँ हज्जारौँ बधशालामा बाँधिएका भोका, तिर्खा विचरा प्राणीको मृत्यु अघिको दशा देखेर मानिस भन्ने जातको प्राणीलाई दया नै लाग्दैन । 

    दयाको अलिकति पनि तुष नराखी हामी स्वयम् नरपशुको ताण्डव देखाउँछौँ । मानवता र शान्तिको आवाजलाई डुक्रँदै गर्दा स्वार्थ र आशङ्काको पोको बोकेर अनावश्यक टिप्पणी गर्न तम्सिन्छौँ तर एकछिन ठण्डा दिमागले सोच्दैनौँ । अनि त्यत्रा राँगा र बोकाको बाँधेको स्थानदेखि बलि दिएपश्चात् वातावरणलाई पार्ने प्रतिकूल असरलाई पनि त सोच्नुपर्छ । यसर्थ गढी माईमा हुने बलिप्रथाको अन्त्य गर्दै त्यस स्थानमा लाग्ने भव्य मेलाका सकारात्मक आस्थागत सम्मानलाई कायम राख्दै थप प्रोत्साहन र विकासतर्पm आम मानिसमा जनचेतना र सकारात्मक विचारको विकास गराउन सरोकारवाला सबै लाग्नैपर्छ । 
 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...