नेपाल भ्रमण वर्ष: पाँच हजार व्यक्तिलाई पर्यटकीय तालिम दिइने
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालिम दिने भएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका पाँच हजार व्यक्तिलाई प्रशिक्षण दिन लागेको हो ।
बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकलाई प्रशिक्षण, गाउँगाउँमा घरबास सञ्चालन तालीम, अध्यागमनसम्बन्धी सेवाप्रदान, नेचर गाईड, स्थानीय टुर्स, चिनियाँ र रुसी भाषा तालीम प्रदान गर्न लागेको छ ।
यसैगरी ट्रेकिङ गाईड र माउण्टेन लिडर तालीम, पर्यटकलाई प्राथमिक उपचार, नेपाली हस्तकलासम्बन्धी, सरसफाइ र स्वास्थ्यसम्बन्धी, क्षमता अभिवृद्धि, नयाँ पर्यटन व्यवसाय विकास तथा व्यवस्थापन, महिला लक्षित पर्यटन व्यवसाय र डिजिटल मार्केटिङ तथा उत्पादन व्यवस्थापन तालीम प्रदान गर्न लागेको हो ।
बोर्डका प्रबन्धक सन्तोषकुमार घिमिरेले नेपाल भ्रमण वर्षलाई लक्षित गरी विभिन्न पर्यटकीय सङ्घसंस्थालाई समावेश गरेर पाँचहजार व्यक्तिलाई तालीम प्रदान गर्न लागिएको जानकारी दिए । ‘बोर्डले नेपाल भ्रमण वर्षमा पर्यटन प्रवद्र्धन गर्न तालिमका लागि रु दुई करोड रकम विनियोजन गरेको छ, जुन भ्रमण वर्षका लागि अपुग रकम हो,’ प्रबन्धक घिमिरेले भने ।
बोर्डले नेपाल भ्रमण वर्षलाई लक्षित गरेर स्थानीय तहसँगको समन्वयमा पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्न लागेको छ । यसैगरी, संस्कृति, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्रालयले पनि नेपाल भ्रमण वर्षलाई लक्षित गरी थप पाँच हजार व्यक्तिलाई पर्यटन प्रवद्र्धनसम्बन्धी तालीम प्रदान गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश
-
राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री : महासचिव पोखरेल