शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१९७४ एडीको ‘माया बिसाउने’ को भिडियो सार्वजनिक

आइतबार, २२ मङ्सिर २०७६, १२ : ५०
आइतबार, २२ मङ्सिर २०७६

नेपालमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल ब्यान्ड १९७४ एडीको ‘माया बिसाउने’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

ब्यान्डको नयाँ एल्बम ‘निरन्तरता’ मा समावेश यो गीतको भोकल, कम्पोजिसन, लिरिक्स  ब्यान्डका मुख्य गायकमध्येका एक फिरोज स्याङ्देनको रहेको छ । गीतमा निराकर याकथुम्बाको बेस, एड्रियन प्रधानको भोकल, ड्रम र ब्लूज हार्प रहेको छ । यसका साथै मनोज कुमार केसीले गितार र किबोर्डमार्फत् संगीत भरेका छन् भने सञ्जय श्रेष्ठको पर्कसन र ब्याक भोकल रहेको छ ।

गीतको रेकर्ड काठमाडौं ज्याज कन्जर्भेटरी क्याटज्याज रेकर्डस्मा भएको हो । यसलाई मनोज कुमार केसी र मंजिल विक्रम केसीले रेकर्ड गरेका हुन् ।

एल्बम सार्वजनिक भएलगत्तै यो गीतलाई धेरैले रुचाइरहेका छन् । गीतको भिडियो प्रतिक्षा गरिरहेकाहरु निकै उत्साहित भएका छन् । यसमा निकै राम्रा कमेन्टको वर्षा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप