जुसको ब्रान्ड एम्बासेडर बनेका दयाहाङ भन्छन्, ‘स्वास्थ्य रहन मानिस सजग हुनपर्छ’
काठमाडौं । अभिनेता दयाहाङ राईले स्वास्थ्य रहन मानिस सजग रहनुपर्ने बताएका छन् । कामको व्यस्तताले आफुले दैनिक स्वास्थ्य अपाउनु पर्ने केहि सजगता बाध्यताका कारण अपनाउन नसकेको उनले सुनाए ।
‘डबल सी’ नामक भिटामिन जुसको ब्राण्ड एम्बासडर समेत बनेका दयाहाङले स्वास्थ्य रहन भिटामिन सी निकै उपयोगी रहेको बताए ।
‘हामीले कार्य व्यस्तताले गर्दा शरिरलाई चाहिने भिटामिन सी पाइरहेका हुँदैनौ जसलाई केहि हदसम्म यसले पुरा गर्नेछ,’ उनले भने, ‘यसको टेस्ट पनि राम्रो त्यसैले अन्य ड्रिंक्सको सट्टा यसलाई प्रयोग गर्दा स्वास्थ्यलाई पनि मद्दत गर्छ ।’ उनले आफु यसमा सहभागी हुनु अगाडी सम्पूर्ण कुरा बुझेको समेत बताए ।
‘मैले यसको मापदण्ड र अन्य सबै फाइदा तथा बेफाइदाको बारेमा बुझेर मात्र ब्राण्ड एम्बासडर बन्ने सहमति दिएको हुँ,’ उनले भने ।
दयासँगै यसको ब्राण्ड प्रवद्र्धनमा अभिनेत्री वर्षा सिवाकोटीले पनि सघाउने छिन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको उत्पादनको बारेमा बोल्दै बर्षाले ‘डबल सी’ को स्वाद अन्य ड्रिंक्स झैँ भएकाले सबैलाई मन पर्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा जुसलाई सम्पूर्ण परीक्षण पश्चात नेपाल भित्र्याइएको जानकारी गराइयो ।
थाइल्याण्डमा निकै रुचाइएको यो जुस सोमबारबाट बजारमा उपलब्ध हुनेछ । लेमन एण्ड लाइम र ओरेञ्ज एण्ड लेमन फ्लेभरमा बजारमा उपलब्ध हुने यो भिटामिन जुसको मूल्य एक सय रुपैयाँ रहेको छ ।
कार्यक्रममा दया र वर्षाले जुसको पहिलो घुम्टो समेत खोलेका थिए ।
कार्यक्रममा निर्देशक तथा निर्माता मिलन चाम्सले ‘डबल सी’ जुस नेपालमा आउनु सुखद रहेको बताए ।
रोविनेश इम्पोर्ट एक्सपोर्टले नेपाल भित्र्याएको हो । यस टिममा सुरेश राई, राजकुमार राई , रोविन राई, रमेश लामा, निश्चल लामा र रोमन राई रहेका छन् ।
प्रतिरक्षा प्रणाली बलियो बनाउने , रक्तचाप नियन्त्रणमा सहयोग गर्ने , फ्याट बढ्न नदिने , क्यान्सर रोगको सम्भावना कम गर्ने लगायतका स्वास्थ्यमा जुसले सहयोग गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ
-
भारत लोकसभा निर्वाचन : पहिलो चरणमा १०२ सिटमा कहाँ र कति मतदान भयो ?
-
गोदावरीमा एमालेको कुम्भ मेला : विकसित पार्टी निर्माणमा स्पष्ट दिशानिर्देशको अपेक्षा
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप