इन्जिन ‘स्टार्ट’ भएकै अवस्थामा चालक ओर्लिदा बस खोलामा खस्यो, एक जनाको मृत्यु
आइतबार, २२ मङ्सिर २०७६, १० : १७
![इन्जिन ‘स्टार्ट’ भएकै अवस्थामा चालक ओर्लिदा बस खोलामा खस्यो, एक जनाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/accident_bus_lamjung_PNiQgVlA0G.jpg)
लमजुङ । लमजुङको पाउदीमा आइतबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा एक महिला रहेको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ । लमजुङकै बेसीसहरबाट गोरखातर्फ जाँदै गरेको बस सडकबाट करिब सय मिटर तल खोलामा खसेको हो । दुर्घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरीको टोली उद्धारका लागि पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार इन्जिन चालु अवस्थामै राखेर रोकिराखेको बसबाट चालक झरेपछि आफैँ बस गुड्दा सडकबाट खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
बसमा ९–१० जना यात्री रहेकोमा दुई–तीन जना भने गाडी आफैँ गुड्न थालेपछि ओर्लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै