नवाजुद्दिन सिद्दीकीकी २६ वर्षे बहिनीको निधन, ८ वर्षदेखि स्तन क्यान्सरबाट ग्रस्त थिइन्
आइतबार, २२ मङ्सिर २०७६, ०९ : ५१
बलिउड नायक नवाजुद्दीन सिद्दीकीकी बहिनी सायमा तमशी सिद्दीकीको निधन भएको छ । पुणे, महाराष्ट्रको एक अस्पतालमा शनिबार सबेरै करिब ३ बजे उनले अन्तिम सास फेरेकी हुन् । उनी २६ वर्षकी थिइन् र पछिल्लो ८ वर्षदेखि स्तन क्यान्सरबाट आक्रान्त थिइन् । नवाजका भाइ अयाजुद्दीन सिद्दीकीले यसबारे जानकारी दिएका हुन् । अयाजुद्दीनका अनुसार नवाज अमेरिकामा थिए तर बहिनीको मृत्युको खबर पाएपछि उनी भारत फिर्ता भइरहेका छन् ।
नवाजुद्दीनका भाइ फैजुद्दीन सिद्दीकीले सायमाको शव लिएर आफ्नो पैतृक गाउँ बुढाना (उत्तर प्रदेश) लिएर गएका हुन् । त्यहाँ उनका अन्य भाइ अयाजुद्दीन, माजुद्दीन र मिनहाजुद्दीन छन् । नवाजबाहेक उनका दुई भाइ निर्देशक शमास नवाब सिद्दीकी र वकिल हाजी अलमाजुद्दीन सिद्दीकी पनि शनिबार बेलुकीसम्म बुढाना पुगेका छन् । आइबार बिहान सायमाको अन्तिम संस्कार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ