शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुटिङ : १० मिटर एयर राईफल मिक्समा नेपाल कास्य जित्नबाट चुक्यो

आइतबार, २२ मङ्सिर २०७६, ०७ : ४८
आइतबार, २२ मङ्सिर २०७६

ललितपुर । १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङको १० मिटर एर राईफल टिम मिक्स इभेन्टमा पनि नेपाल चौथो भएको छ । खराब प्रदर्शन जारी राखेको नेपालले सुटिङमा जारी सागमा कुनै पनि पदक हात पारेको छैन् । सातदोवाटोस्थित सुटिङ रेन्जमा  शनिबार भएको मिक्स इभेन्टमा नेपालका कल्पना परियार र आर्नभ घिमिरेले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । तर उनीहरुको टिम पाकिस्तानसँग पराजित भयो । पाकिस्तानका रइस नाद्रा र अदिल गुफ्रिनको टोलीले कास्य पदक हात पार्न सफल भयो । पाकिस्तानी टिमले पदक भिडन्तमा १६ अंक ल्याउँदा नेपालका कल्पना र अर्नभको जोडीले ८ अंक मात्रै जोड्न सके । यस इभेन्टमा भारतले स्वर्ण पदक जित्दा बंगलादेशले  रजत जितेको छ । भारतका मेहुली घोस एस बद्र्धानको जोडीले १७ अंक ल्याउँदा बंगलादेशका सायदा अटिका हसन र अब्दुल बकैको जोडीले ९ अंक ल्याएको थियो ।

यस्तै शनिबार नै भएको २५ मिटर रेपिड फायर पेस्तोल पुरुषको स्वर्ण पदक पनि भारतले नै जितेको छ । भारतका अनिसले ३१ अंकका साथ स्वर्ण पदक जितेक हुन् । यसैगरी पाकिस्तान वसिर गुलाम मुस्तफाले २२ अंकका साथ रजत पदक जित्द्या भारतका भावेस शेखवतले १८ अंकका साथ कास्य पदक हात पारे । यसैगरी पाकिस्तानका मवुल हुसेन तबसुम १३ अंकका साथ चौथो स्थानमा रहँदा पाकिस्तानकै मोहम्मद खलिल अख्तर १० अंकका साथ पाँचौ र ८ अंक जोडेका भारतका आदर्स सिंह छैटौं स्थानमा रहे ।

यसको टिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदकमाथि कब्जा जमायो । भारतका अनिस, भावेस सेखवत र आदर्श सिंहको समूहले १७२१ अंकका साथ स्वर्ण पदक जितेको हो । यसैगरी पाकिस्तानले रजत तथा श्रीलंकाले कास्य पदक हात पारेको छ । पाकिस्तानका मवुल हुसेन तब्सुम, गुलाम मुस्तफा बसिर र मुहम्मद खलिल अख्तरको समूहले १६९९ अंकका साथ रजत पदक जितेको हो ।

श्रीलंकाका करुना हेरब, एम.के.के. वानसिंगे र डी.डी.के अरवालगेको समूहले १५८८ अंकका साथ कास्य पदक जितेको हो । बंगलादेशको टिम चौथो हुँदा नेपालको टिम पाँचौं स्थानमा रह्यो । बंगलादेशका सैफुल इस्लाम, अर्सद हुसेन र मोहम्मद रहेनुल इस्लामको समूहले १३९८ अंक बनाएको थियो । पाँचौं स्थानमा रहेको नेपाली टिमले १२८२ अंक जोडेको छ । नेपाली टिममा बदरुद्दिन अन्सारी, विपेश खड्का र सुकदेव चौधरी रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप