शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्दो छ सर्वे लाइसेन्स लिनेको संख्या, ३ वर्षमा ५९ लाई

आइतबार, २२ मङ्सिर २०७६, ०७ : ४१
आइतबार, २२ मङ्सिर २०७६

विद्युत् विकास विभागले पछिल्लो ३ वर्षमा ५९ सौर्य ऊर्जा परियोजनालाई सर्वेक्षणका लागि अनुमपतिपत्र प्रदान गरेको छ । विभागले हालसम्म कुल ४८१.९७ गेगावाट (मेवा) क्षमताका विभिन्न परियोजनाहरुलाई सर्वेक्षणको अनुमति दिएको हो । 

विभागको तथ्यांकले देखाउँछ, गत आर्थिक वर्षदेखि सौर्य ऊर्जाको सर्वे लाइसेन्सका लागि निवेदन दिने र पाउने क्रम बढेको छ । आव २०७५/७६ मा ३४०.५६ मेवाका २५ परियोजनाले सर्वे लाइसेन्स पाएका छन् भने चालु आवमा हालसम्म ६१.५९ मेवाका ९ परियोजनाले यस्तो लाइसेन्स पाएका छन् ।

विभागले २०७३ असोज १४ गतेदेखि ग्रीड कनेक्टेड सोलार पावर परियोजना सञ्चालनका लागि अनुमति  अनुमति दिन थालेको थियो । विभागले जारी गरेका सर्वेक्षण अनुमतिपत्रमा ०.५ मेवादेखि १२० मेवासम्म क्षमताका परियोजनाहरु छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप