केन्द्रीय संस्करण

जाडोमा वर्ल्डलिंकले ल्यायो तात्तातो अफर

person explore access_timeमंसिर २२, २०७६ chat_bubble_outline0

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले यस वर्षको जाडो लाई लक्षित गर्दै तात्तातो हिटरनेट अफर ल्याएको छ ।

ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै बेला बेलामा विभिन्न अफरहरु ल्याउँदै आएको कम्पनीले ग्राहकको यसपालीको हिँउदलाई मध्यनजर गरेर ल्याएको तात्तातो अफर अन्र्तगत १७५०० रुपैयाँमा ४० एमबिपीएसका सम्पूर्ण वार्षिक ग्राहकहरुका लागि सिजी ब्राण्डको ब्लोअर हिटरका साथै एक वर्षको नेटटिभी सेवा निशुल्क प्रदान गर्नेछ ।

यस अफरमा ग्राहकहरुले रु.१०४९० (कुल शुल्कको ३७%) बराबरको ब्लोअर हिटर र नेटटिभीको सुविधा निशुल्क प्राप्त गर्नेछन् ।  

यो अफर वर्ल्डलिंकका नयाँ तथा पुराना सबै ग्राहकहरुका लागि लागू गरिएको कम्पनीले जनाएको छ । साथै वर्ल्डलिंकका अरु प्याकेजका ग्राहकहरुले पनि न्युनतम मूल्यमा सिजी ब्राण्डको ब्लोअर हिटर पाउन सक्नेछन् ।

यो अफर सिमित अवधिका लागि वर्ल्डलिंकको देशभरका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.