मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

वृषले कमी कमजोरी लुकाउनुपर्ने, मिथुनले प्रतिष्ठा कमाउने, कन्याले दुःख पाउने, मकरको विवाद बढ्ने, कुम्भको मन खिन्नः आजको राशिफल

आइतबार, २२ मङ्सिर २०७६, ०६ : ५२
आइतबार, २२ मङ्सिर २०७६

वि.सं.२०७६ साल मंसिर २२ गते । आईतबार । ईश्वी सन् २०१९ डिसेम्बर ०८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । तिथि एकादशी, ०२ घडी ०२ पला, बिहान ०७ बजेर ३२ मिनेट उप्रान्त द्वादशी । नक्षत्र अश्विनी, ५२ घडी ०१ पला, रातको ०३ बजेर ३२ मिनेट उप्रान्त भरुणी । योग वरियान, २८ घडी ०७ पला, बेलुकी ०५ बजेर ५८ मिनेट उप्रान्त परिध । करण भद्रा, बिहान ०७ बजेर ३२ मिनेट उप्रान्त बव, बेलुकी ०८ बजेर २२ मिनेट उप्रान्त बालव । आनन्दादिमा आनन्द योग । चन्द्रराशि मेष । 

काठमाडौंमा सूर्योदय ०६ बजेर ४३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २५ घडी ५९ पला । मोक्षदा एकादशी व्रत। गीता जयन्ती। 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामहरु स्वतस्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापार व्यवासाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यवसायमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिने छ  । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरि समय कटाउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोले ख्याल गर्नुहोला ।  

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । विशेष गरी हाईड्रोपावर, पानी तथा औषधिसँग सम्बन्धित व्यवसायबाट प्रशस्त लाभ लिन सकिनेछ । विद्यामा सोचे अनुरुप नै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपाईंकै कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाइबाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा बिश्वासको वातावरण झन् कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम, दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । काममा खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइमा अल्छी गर्नाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अविश्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) महत्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपस्थिती  रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा खटपट आउनेछ । स्वास्थमा सामान्य समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा वा सवारी साधनको प्रयोग गर्दा तथा चलाउँदा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यवसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जाँगर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ ।

बृश्चिक९तो,ना,नी,नू,ने,नो,या,यी,यू० मुद्दामामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपयूक्त हुनेछ किनकि आज आउने फैसला तपार्ईँको पक्षमा हुनेछैन । व्यापार व्यावसायमा समय दिएपनि आम्दानी कम हुनेछ । खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरि तथा पढाइमा हुने प्रतिष्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ । पुराना समस्या पुनह बल्झन तथा ऋण लाग्नेछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने शेयर बजार तथा सट्टाको व्यवसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी बाट मनग्गे धन लाभ हुनेछ । भौतिक सम्पति तथा विलासी वस्तुहरुको प्रयोग गर्न पाइने  हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउने तथा मायामा सामिप्यता बढेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  पहिलेका कमीकमजोरीहरुलाई सुधार्ने अवसर आउने छ । ठूला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यवसायमा समय दिएपनि खासै उपलब्धि हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिने छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकारात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यवसायमा सन्तोष जनक प्रगति हुनेछ । स्वास्थ्यमा  सम्बन्धि सामान्य  समस्याले सताउने हुँदा काम गर्न असजिलो महसुस हुनेछ । विद्यामा सफलता पाउन कडा मिहिनेत गर्नु पर्नेछ । दाजुभाइ तथा छिमेकीसँग मनमुटाव बढ्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समय दिय पनि भनेजस्तो नतिजा नआउने हुँदा मन खिन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मायाप्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसँगको रमाईलो बसाईंमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगति भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप