आगलागी पीडितलाई १४ अर्ब डलर भुक्तानी गर्न सहमति

वासिङ्टन । संयुक्त राज्य अमेरिकास्थित क्यालिफोर्निया राज्यको प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिक (पिजिई) कम्पनीले वन डढेलोका पीडितलाई १३ अर्ब ५० करोड अमेरिकी डलर भुक्तानी गर्न सहमति जनाएको छ ।
गत वर्षको यस वन डढेलोबाट उत्तरी क्यालिफोर्नियामा दर्जनौं व्यक्तिको मृत्यु हुनुका साथै दशौं हजार घर ध्वस्त भएका थिए । उत्तरी क्यालिफोर्नियामा ‘क्याम्प फायर’ नाम दिइएको उक्त डढेलो पिजिई कम्पनीले निर्माण गरेको विद्युतीय प्रशारण लाइनमा आएको गडबडीले भएको आरोप छ ।
प्रशारण लाइनबाट निस्किएका आगोका झिल्काकै कारण जंगलमा आगो सल्किएको अनुसन्धानबाट खुलेको थियो । अमेरिकी इतिहासमै सबैभन्दा खतरनाक मानिएको यस डढेलोबाट ८६ जनाको जलेर मृत्यु भएको थियो । अमेरिकी अखबार वासिङ्टन पोष्टका अनुसार पिजिई कम्पनीले भुक्तानी गर्नुपर्ने रकमका बारेमा संघीय न्यायाधीशले फेरि सुनुवाई गर्नुपर्ने छ ।
पीडितको प्रतिनिधित्व गर्ने सान फ्रान्सिस्कोको बेकर होस्टेट्लरका वकील रोबर्ट जुलियानले पीडितको पक्षमा भएको फैसलाबाट आफूहरु उत्साहित भएको बताए । वन डढेलाका पीडितहरु आफ्ना घर, व्यवसाय र आफन्त गुमाएर ठूलो चोटमा परेको उहाँको भनाई थियो । पछिल्लो निर्णयबाट पीडितहरुलाई थोरै भए पनि राहत मिल्नेछ ।
पीडितका तर्फबाट अदालतमा दायर गरिएको मुद्दामा पिजिईका उपकरणहरुकै कारण जंगलमा आगलागी भएको र व्यापक विनाश भएको आरोप लगाइएको छ । -एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ