बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बक्सिङमा ६ खेलाडी फाइनलमा

शनिबार, २१ मङ्सिर २०७६, २३ : ०२
शनिबार, २१ मङ्सिर २०७६

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत बक्सिङतर्फ नेपालका चार महिला र दुई पुरुष खेलाडी फाइनल प्रवेश गरेका छन् । 

सातदोबाटोमा आज भएको महिलातर्फको ४८ किलो तौल समूहमा नेपालकी ललिता महर्जन, ५४ किलो तौल समूहमा मिनु गुरुङ, ६० किलो तौल समूहमा सङ्गीता सुनार र ६४ किलो तौल समूहमा पुनम रावल फाइनलमा प्रवेश गरेका छन् । ललिताले श्रीलङ्काका नादिका पुष्प रनासिङ्घे अर्चचिघेलाई अङ्कका आधारमा हराएकी हुन् । 

यस्तै मिनुले बङ्गलादेशका ओनिता इस्लामलाई अङ्ककै आधारमा पराजित गरेकी हुन् । सङ्गीताले पनि श्रीलङ्काकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अङ्ककै आधारमा हराएकी हुन् भने पुनम बाई पाएर सोझै फाइनलमा पुगेकी हुन् ।

यस्तै पुरुष ६४ किलो तौल समूहमा भूपेन्द्र थापामगर बङ्गलादेशका मोहमद अलामिनलाई अङ्कका आधारमा हराउँदै फाइनल पुगेकी छिन् । पुरुष ९१ किलो तौल समूहमा आशिष दुवाडी बाई पाएर सोझै फाइनल प्रवेश गरेका छन् । आजै सम्पन्न खेलमा पुरन राई र सुशील थापामगरले कास्य पदक पक्का गरेका छन् । पुरुष ४९ किलो तौल समूहमा थापामगर भारतका विनोद तनवरसँग अङ्कका आधारमा पराजित भए । 

यस्तै ५६ किलो तौल समूहमा राई सेमिफाइनलमा बङ्गलादेशका मोहमद रोविन मियासँंग पराजित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप