शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते

शनिबार, २१ मङ्सिर २०७६, २० : ४५
शनिबार, २१ मङ्सिर २०७६

काठमाडौं । चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ४ मा शनिबार साँझ  भएको अटो घटनामा गरी ५ जानको मृत्य हुनेका साथै ६ गम्भीर जना घाइते छन् । मृत्यु हुनेमा दुई पुरुष र तीन महिला रहेको जनाइएको छ। 

राप्ती नगरपालिका-४ चेपाङ मार्गको भित्री सडकखण्डबाट चौकी डाँडातर्फ गइरहेको ना. १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटोमा सवार पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

गम्भीर घाइते अटोका चालकसहित ६ जना मध्ये तीनजनाको पुरानो मेडिकल कलेजमा र दुईजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मुत्यु हुनेमध्ये पर्वत कुस्मा नगरपालिका पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै परिचय खुलेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप