मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा लालकिल्ला तोड्न काँग्रेसको ठूलो सफलता हो : सभापति देउवा

शनिबार, २१ मङ्सिर २०७६, १९ : १५
शनिबार, २१ मङ्सिर २०७६

बुटवल । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अन्तरघातको रोग समस्याका रुपमा देखिएको बताएका छन् । काँग्रेसले चुवान जित्नको लागि पार्टीभित्र अन्तरघात गर्नेमाथि कारवाही गनुपर्ने उनले बताए ।

पार्टीको सिद्धार्थनगर समितिको दोस्रो नगर भेला तथा साइकल–ह्विल चेयर वितरण समारोहमा सभापति देउवाले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाही गरि छोड्ने बताए । 

देउवाले पार्टी भित्र अन्तरघात भएसम्म काँग्रेसले चुनाव जित्न नसक्ने बताए । देउवाले भने,  'पार्टीका उम्मेदवारविरुद्ध उभिने कार्यकर्तालाई कारबाही नगर्दासम्म पार्टीभित्र अन्तर्घातको खेल भविष्यसम्म रहिरहन्छ। यो पार्टीभित्रको डरलाग्दो रोग हो। यसलाई निर्मूल पार्नुपर्छ।’

यद्यपि उपनिर्वाचनमा धरान उपमहानगरपालिमा काँग्रेस कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको देउवाले भनाइ थियो । ‘विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु काँग्रेसको ठूलो सफलता हो,’ उनले भने । 

हालै सम्पन्न उपनिर्वाचनको परिणामबारे २६ मंसिरमा बोलाइएको केन्द्रीय कार्यासमिति बैठकमा समिक्षा गरिने देउवाले बताए। यस्तै सरकारको मुख ताकेर मात्र नहुने भन्दै पार्टीको सिद्धार्थनगर समितिले विपन्न नागरिकहरुलाई साइकल तथा ह्वील चियर वितरण गरेर रचनात्मक कामको सुरुवात गरेकोमा सभापति देउवा प्रशंसा गरे । 

कार्यक्रममा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रजातन्त्रको दियोलाई कसैले निभाउन नसक्ने बताए । जनताको पक्षमा काँग्रेसका प्रत्येक कार्यकर्ता बलिदान दिन तयार रहेको खाँणले दावी गरे ।

काँग्रेस सिद्धार्थनगर नगर समितिले नगरका पाँचजना अपांगलाई ह्विल चेयर र ४४ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरेको थियो।
कार्यक्रम सफल बनाउन सहयोग पु¥याएको भन्दै विभिन्न व्यक्तित्वलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप