मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कुस्तीमा नेपाललाई ऐतिहासिक स्वर्णसहित ५ पदक

शनिबार, २१ मङ्सिर २०७६, १८ : ५०
शनिबार, २१ मङ्सिर २०७६

जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले १ स्वर्ण पदकसहित ५ पदक जितेको छ । शनिवार जनकपुरको कभर्डहलमा भएको कुस्ती खेलमा नेपालले ऐतिहासिक स्वर्ण पदकसहित ५ पदक जितेको छ । 

कुस्तीमा महिलातर्फ ५५ केजी तौल समूहमा संगिता धामीले पहिलो पटक स्वर्ण जित्न सफल भएकी हुन्। १९ वर्षीय धामीले बांगलादेशकी सार्केर रिमीलाई हराएर ऐतिहासिकरुपमा स्वर्ण पदक हासिल गरेकी छिन् ।

सो खेलमा भारतले ७ वटा खेलमध्ये ४ वटामा स्वर्ण पदक जितेका छन् । भारतले  विभिन्न तौलको समूहमा ४ वटा स्वर्ण पदक जितेका छन् । भारतको लागि महिला तर्फ ५७ किलो तौल समूहमा सरीताले स्वर्ण पदक जितेकी छिन् भने नेपालकी अम्विका भण्डारीले रजत पदक जितिन् ।  

९७ केजी तौलको समूहमा भारतको पुरुष समुहबाट काडियन सत्यावालीले स्वर्ण जितेका छन् भने पाकिस्तानको तर्फबाट तयाव रजाले रजत पदक जितेका छन् । त्यस्तै बांगलादेशका हवलादर अवदुलले कास्य पदक जितेका छन् । 

७६ केजी तौलको समूहमा भारतका गुरशरनले स्वर्ण पदक जितेका छन् भने श्रीलंकाका चानीले रजत पदक जितेका छन् । १२५ केजी तौलको समूहमा भारतका सूमितले स्वर्ण पदक जितेका छन् भने पाकिस्तानका जमान अनवरले रजत र नेपालका राज यादवले कास्य पदक जितेका छन् ।

कुस्ती खेलमा पाकिस्तानले पनि दुई वटा स्वर्ण पदकमाथि कब्जा जमाउन सफल भएका छन् । त्यस्तै  पुरुष तर्फ ७० केजी तौलको समूहमा पाकिस्तानका इन्यात उल्लाहले स्वर्ण पदक जितेका छन् भने श्रीलंकाका अनिलले रजत र नेपालका शुरेशले कास्य पदक जितेका छन् ।

त्यस्तै पुरुष तर्फ नै ७९ केजीको समूहमा पाकिस्तानका अवदुल रेहमानले स्वर्ण, श्रीलंकाका चनकाले रजत र नेपालका बुन्नीलाल राजुले कास्य पदक जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप