शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्समा सरकारले अघि सारेको पेन्सन सुधार विरुद्ध हडताल, देश ठप्प

शनिबार, २१ मङ्सिर २०७६, १७ : ४५
शनिबार, २१ मङ्सिर २०७६

एजेन्सी । पेन्सन सुधारविरुद्ध फ्रान्समा देशव्यापी हडताल शुरु भएको छ । हडतालको कारण जनजीवनमा ठूलो असर परेको छ । 

हडतालका कारण स्कुल र कार्यालयको कामकाज प्रभावित भएको छ भने यातायात सेवा लगभग ठप्प भएको छ । 

कयैन स्थानमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको छ । पेरिसमा दजनौं मानिसलाई नियन्त्रणमा लिइसकेको छ । 

फ्रान्सको श्रमिक वर्ग पेन्सन योजनामा प्रस्ताव गरिएको नयाँ सुधारबाट असन्तुष्ट छ । नयाँ प्रस्तावमा अवकासको उमेर बढाइएको छ । त्यस्तै निर्धारित समयभन्दा अघि रिटायर हुने मानिसलाई कम भुक्तानी प्राप्त हुनेछ । 
हडतालमा शिक्षक र यातायात कर्मचारीसँगै प्रहरी, वकिल, अस्पतालका कर्मचारी, हवाई अड्डाका कर्मचारी र अन्य कामकाजी मानिस पनि छन् । 

राष्ट्रपति इम्यानुयल म्याक्रोले फ्रान्समा एक ‘युनिर्भसल प्वाइन्टमा आधारित पेन्सन प्रणाली’ सुरु गर्न चाहन्छन् । 

उनको उदेश्य यसबाट फ्रान्समा विधामान पेन्सन प्रणालीलाई विस्थापन गर्ने रहेको छ । 

हाससम्म फ्रान्समा नीजि र सार्वजनिक क्षेत्रको कर्मचारीहरुको लागि ४२ वटा अलग अलग पेन्शन योजनाको व्यवस्था छ । यी सबमा अवकासको उमेर र लाभाशं अलग अलग छ । 
वर्कर्स फोर्ससँग सम्बन्धन रहेका क्रिस्टियन ग्रोलियरले असन्तोष व्यक्त गर्दै भने ,‘माग पुरा भएन भने हामी अर्थव्यवस्थालाई ठप्प बनाउनेछौं ।’

राष्ट्रपति बनेपछि म्याक्रो सुधारको लागि प्रयासरत छन् । उनले श्रमिक कानूनमा कटौती गर्ने र व्यापार वृद्धि गराउनको लागि करमा कटौती गरेका छन् । 

प्रदर्शनका क्रममा कयैन स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । 

हडतालमा फ्रान्सको जनसंख्याको ठूलो समर्थन रहेको देखाएको छ । एक मतसर्वेक्षणमा हडतालको पक्षमा ६९ प्रतिशत जनसमर्थन रहेको देखाएको छ । 

१८ देखि ३४ वर्षबीचका उमेर समूहका जनसंख्यामा हड्तालप्रति बढी समर्थन देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप