बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्काई वाल्क टावर पर्यटन विकासमा कोशेढुंगा बन्नेछ : उपप्रधानमन्त्री पोखरेल

शनिबार, २१ मङ्सिर २०७६, १६ : ५३
शनिबार, २१ मङ्सिर २०७६

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देशको पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक सम्पदासँगै मानव निर्मित संरचना महत्वपूर्ण हुने बताएका छन् ।

काठमाडौंको कमलादिमा वण्डर्स नेपालले बनाउन लागेको स्काई वाल्क टावरको सिलन्यास गर्दै उपप्रधान  पोखरेलले नयाँ सपनासहितको यस्ता योजनाले पर्यटन क्षेत्रमा महत्वपूर्ण अर्थ राख्ने बताए । उनले दक्षिण एसिया कै पहलो टावर भएकाले पनि पर्यटन विकासमा कोशेढुंगा बन्ने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश कुमार भट्टराईले नेपालको आर्थिक उन्नतीको प्रमुख जग पर्यटन क्षेत्र भएको उल्लेख गर्दै काठमाडौंको केन्द्रमा बन्न लागेको स्काईवाल्क टावरले पर्यटन विकासमा महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा वण्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेलले देशभरका विज्ञ इन्जिनियर तथा डिजाइनरहरुबाट अध्ययन गराई यो टावरको निर्माण गर्न लागिएको बताए । 

पर्यटन पवद्र्धन गर्ने उद्देस्य सहति निर्माण गर्न लागिएको यो टावरको निर्माण अवको १८ महिनामा सम्पन्न हुने वण्डर्स नेपालले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप