सरकारले काम नगर्ने प्रवृतिलाई प्रोत्साहन गर्यो : नेता केसी
काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले सपना बाँडने र काम नगर्ने प्रवृतिलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।
नेता केसीले सरकारले भ्रष्टाचारलाई पनि बढ्वा दिएको बताए । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा आग्रह पूर्वाग्रहलाई प्रोत्साहन दिएकाले ३३ केजी सुन काण्ड, वाइडबडीमा अनियमितता, एनसेल काण्ड, नेपाल टेलिकमको फोरजीमा भएको अनियमितता तथा वालुवाटार जग्गा काण्डका दोषीलाई कारबाही गर्न नसकेको बताए ।
उनले सरकार आफू कमजोर भई काम गर्न नसकेको दोष कर्मचारी प्रशासनलाई लगाएको आरोप समेत लगाए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालले भारतसँग सीमा विवादको विषयलाई स्पस्टसँग राख्न नसकेको बताए । उनले आवश्यक परे नेपाल सीमा विवादको मुद्दालाई लिएर अन्तर्राष्ट्रिय अदालतमा पनि जान पछि पर्न नहुने बताए ।
सतारुढदर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार राष्ट्रियता, सुशासन र विकास र समृद्धिको यात्रामा सरकार अघि बढेको बताए । उनले जुन स्तरमा काम हुनुपर्ने थियो त्यो स्तरमा नभए पनि प्रतिपक्षी दलले लगाएको आरोपमा सत्यता नभएको बताए ।
नेता रायमाझीले सीमा विवादको लागि सरकारले कुटनीतिक पहलकदमी अगाडी बढाएको बताए । नेताहरुले सीमा विवादको समाधानका लागि सबै दलहरुले सरकारलाई साथ दिएकाले तत्काल पहल गरी आफ्नो भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार