शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुस्तीमा नेपालकी संगितालाई स्वर्ण

शनिबार, २१ मङ्सिर २०७६, १६ : ३६
शनिबार, २१ मङ्सिर २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल प्रतियोगितामा  नेपालकी संगिता धामीले स्वर्ण पदक जितेकी छन् । 

शनिबार जनकपुरमा भएका ५५ केजी तौल समूहमा भएको खेलमा धामीले बंगलादेशकी सकिरा रेनीलाई ५–१ ले पराजित गरिन् । काठमाडौं, पोखरा र जनकपुरमा सागका विभिन्न खेलकुद भइरहेका छन्। जनकपुरमा भने कुस्तीका खेल राखिएको छ। मंसिर १५ गते उद्घाटन भएको सागको समापन मंसिर २४ गते हुँदैछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप