केन्द्रीय संस्करण

उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन शुन्य सहनशिलता : मन्त्री भट्टराई

person explore access_timeमंसिर २१, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले शुन्य सहनशिलताको नीति लिएको बताएका छन् । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका आवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले नेपालको नागरिक उड्डयनको क्षेत्रमा दिइने सेवा, सुविधा र सुरक्षा अन्तर्राष्ट्रिय स्तर सम्म पुगेकोले यसको सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

उनले आइकाओ लगायतका अन्तर्राष्ट्रिय संगठनहरुले उठाउने विषयहरु सुरक्षाको मामला, सेवा, अडिट तथा मूल्याङ्कनमा राम्रो सुधार गरिएको बताए । उनले उड्डयन क्षेत्रको सेवा, सुविधा तथा सुरक्षामा कुनै कमी आउन नदिने प्रतिवद्धता सबै उड्डयन कम्पनी तथा कर्मचारीले गर्नुपर्ने समेत बताए ।

उनले नागरिक उड्डयान सम्बन्धी सेवा र सुरक्षाको लागि सरकारले कुनै सम्झौता नगर्ने भन्दै अभियानमा साथ दिन सबै पक्षलाई आग्रह गरे ।

उनले सबैपक्षको सहयोग र प्रतिवद्धता भए नेपालमा दशकौंदेखि कुनैपनि दुर्घटना भएका छैन भन्ने स्थिति बनाउन सकिने समेत बताए । तर अझै पनि यात्रुको सेवामा उड्डयन कम्पनीहरुले शुल्कको आधारमा सेवा तथा सुरक्षा दिदै आएको बताउँदै त्यसमा सुधार गर्नुपर्ने बताए ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.