शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिषेकको त्यो ‘रोनाल्डो स्टाइल’ सेलिब्रेसन...

शनिबार, २१ मङ्सिर २०७६, १४ : ३७
शनिबार, २१ मङ्सिर २०७६

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार पुरुष फुटबलतर्फ नेपाल र माल्दिभ्सले मध्यान्तरसम्म बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा जारी खेलमा मध्यान्तरसम्ममा दुवै टिमले १–१ गोल गरेका हुन् ।

खेलको १९ औं मिनेटमा माल्दिभ्सका इब्राहिम हुसेनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर नेपालका लागि अभिषेक रिजालले ४३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

गोल लगत्तै रिजालले आफ्नो जर्सी फुकाल्दै दर्शकदीर्घातर्फ फर्किएर गोल सेलिब्रेसन गरेका थिए । उनको गोल सेलिब्रेसन बार्सिलोनबिरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डोले गरेको गोल सेलिब्रेसनसँग मिल्दोजुल्दो थियो । च्याम्प्यिन्स लिगको फाइनलमा पनि रोनाल्डोले यसरी नै सेलिब्रेसन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप