शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लव निकट विद्यार्थी नेता पक्राउ

शनिबार, २१ मङ्सिर २०७६, १४ : २१
शनिबार, २१ मङ्सिर २०७६

नेत्रविक्रम चन्द्र (विप्लव) समूह निकट दुई विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार राति पक्राउ गरेको छ । 

यही मङ्सिर १८ गते लेकम गाउँपालिका–१ को वडा कार्यालयको साइनबोर्ड मेटाएर विप्लव समूहको नाम लेख्नमा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेका उनीहरुलाई शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लेकम–१ सर्मौलीका २० वर्षीय जीवनबहादुर विष्ट र बैतडी पुर्चौडी नगरपालिका–१० का २१ वर्षीय प्रेम महरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप