आर्ट ग्यालरीको भित्तामा टेपले टासिँएको सामान्य केराको मूल्य १ लाख २० हजार डलर !
एजेन्सी । डक्ट–टेपमार्फत भित्तामा टासिँएको एक केराको कलाकृति मूल्यको कारण चर्चामा छ ।
मियामीस्थित आर्ट बसलमा बुधबार उक्त कलाकृत्ति १ लाख २० हजार डलरमा बिक्री भयो । यो कलाकृत्तिलाई पेरिसको आर्ट ग्यालरी पेर्रोटिनले प्रदर्शनमा राखेको थियो ।
आर्ट ग्यालरीका अनुसार कलाकृत्तिको तीन संस्करण बनाइएको छ र त्यसमध्ये दुईको विक्रि भइसकेको छ ।
यसलाई इटालीका चर्चित कलाकार मौरिजियो क्याटेलनले बनाएका हुन् । कलाकृतिमा प्रयोग भएको केरालाई मियामीको एक किराना पसलबाट किनिएको थियो ।
केरालाई डक्ट–टेपको सहायताले भित्तामा टासिँएको छ । सामान्य केरा भएकाले कलाकृत्तिमा प्रयोग भएको केरा सड्ने जोखिम छ । तर यो आफैमा व्यङ्ग्यका त्यसो गरिएको यस कलाकृत्तिलाई प्रायोजन गने पेर्रोटिन ग्यालरीका प्रमुख इम्यानुअल पेर्रोटिनले बताए ।
संचारमाध्यमसँगको कुराकानीमा पेर्रोटिनले भने ,‘ केरा विश्वव्यापी व्यापार र व्यङ्ग्यको प्रतिक हो । उदेश्य अनुसार नै यसको नाम ‘कमेडियन’ दिइएको छ ।’
मौरिजियो क्याटेलन पछिल्लो समय १८ क्यारेट सुनको ट्वाइलेटबाट चर्चामा आएका थिए । ६० लाख डलर मुल्याकंन गरिएको उक्त कलाकृत्ति सेप्टेम्बरमा बेलायतस्थित ब्लेइनहेम दरबारबाट चोरिएको थियो ।
चोरीको अनुसन्धानका क्रममा पाँच व्यक्ति पक्राउ परेका छन् । ट्वइलेट फिर्ता गरे पुरस्कारको घोषणा गरिएको भए पनि हालसम्म कोही पनि पक्राउ परेका छैनन् ।
पेर्रोटिनले टेपले टासिएको केराको पृष्ठभूमिबारे व्याख्या गरेको छ ।
‘क्याटेलनले पहिलेदेखि नै केराजस्तै आकारको कृति बनाउने सोचिरहेका थिए । भ्रमणमा उनी सधैं आफूसँग केरा बोकेर हिड्थे । उनी तिनलाई आफ्नो होटेलका कोठाहरुमा प्रेरणाको लागि झुण्डाउथे । त्यसपछि नै उनमा यस कलाकृतिको सोच आएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’