शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिबाहमा नर्तकीले रोकिन् डान्स, अनि चल्यो गोली

शनिबार, २१ मङ्सिर २०७६, १२ : ३३
शनिबार, २१ मङ्सिर २०७६

एजेन्सी । उत्तर प्रदेशको चित्रकूटमा सम्पन्न एक विवाह समारोहमा नाच रोकेको भन्दै एक युवतीलाई गोली हानिएको छ । 

घटना डिसेम्बर १ को दिन चित्रकूटस्थित टिकरी गाउँमा भएको थियो । टिकरी गाउँका प्रधानकी छोरीको विवाहमा उक्त घटना भएको थियो ।  

गोली लागेर घाइते भएकी नर्तकीलाई लखनऊको एक अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् । 

नाचको क्रममा स्वास्थमा असहजता उत्पन्न भएपछि नर्तकीले नाच रोकेकी थिइन् । नर्तकीलाई गोली हान्दाको क्षण कैद भएको भिडियो भाइरल भएपछि प्रहरीले कारबाही अघि बढाएको हो । 

विवाहमा नर्तकीमाथि गोली प्रहार गरेको आरोपमा फूल सिंह र गाँउ प्रमुख सुधीर सिंहलाई प्रहरीले पक्राउ गरेको छ । फूल सिंह गाउँ प्रमुखका नातेदार हुन् ।

समाजिक संजालमा भाइरल भइरहेको घटनाको भिडियो करिब १ मिनेटको छ । यसमा नर्तकीले नाच्न रोकेपछि एक व्यक्तिले अब गोली चल्नेछ भन्ने चेतावनी दिएको सुनिन्छ । 

त्यसको समर्थन गर्दै अर्को व्यक्तिले भनेको सुनिन्छ –‘सुधिर दाई तपाई नै गोली चलाइदिनुस् । ’ त्यसपछि नर्तकीलाई गोली हानिन्छ । गोली उनको अनुहारमा लागेको थियो । 

प्रहरीका अनुसार गोली फाइरिङ हुदाँ दुलाहाको मामा मिथिलेश र अखिलेश पनि मञ्चमा मौजुद थिए । उनीहरु पनि गोलीको छर्रा लागेर घाइते छन् ।

दुहाला मामाहरुले पनि अज्ञात व्यक्तिहरु विरुद्ध प्रहरीमा उजुरी गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप